१० लाखको मोतीजडित मास्क !

विराटनगर । संसार यतिखेर को’रोना महामा’रीसँग जु’धिरहेको छ । साबुन–पानीले नियमित हात धुने तथा बाहिर निस्कँदा अनिवार्यरुपमा मास्क लगाउने सल्लाह विश्व स्वास्थ्य सङ्गठनलगायतका संस्थाहरु दिइरहेका छन् । भन्न सकिन्न, अब कति वर्षसम्म मास्कबिनाका मानिस देख्न पाइने छैन ।

चिकित्सकहरु त अब मास्कलाई शरीरमा लगाइने अन्य कपडाजस्तै अनिवार्यरुपमा लामो समयसम्म लगाउनु पर्ने बताउन थालेका छन् ।

मानिसहरु विभिन्नखालका मास्क प्रयोग गरिरहेका छन् । सर्जिकलका साथै पुनःप्रयोग गर्न मिल्ने कपडाका मास्क र फेसनेबल मास्क पनि मानिसहरु रुचाइरहेका छन् ।

मास्कको चर्चा र व्यापार बढिरहेका बेला कतिपय सिर्जनशील दिमाग भएका मानिसहरु महँगो र फेसनेबल मास्क बनाउन थालेका छन् ।

जापानका चर्चित डिजाइनर रिको कवनिसीले ‘फन–क्रियटिभिटी’ प्रस्तुत गरेकी छन् । उनले मोतीजडित मास्क तयार पारेकी हुन् । यस्तो मास्कको मूल्य १० लाख रुपैयाँभन्दा बढी पर्छ । रिको जापानमा सजावटका सामान बनाउने गर्छिन् ।

उनले साउथ चाइना मर्निङ पोस्टसँग भनिन्, ‘म जापानमा यस्तो सामान बनाउन चाहन्छु, जुन स्मरणीय होस् । मैले देशमा को’रोना महामा’री चलिरहँदा मोतीको मास्क बनाएँ ।’

फेसन वा सोखको रुपमा प्रयोग गरिने यस्ता मास्कले को’रोना भा’इरस रोक्न सक्छ वा सक्दैन भन्नेबारे भारतमा ब’हस चल्न थालेको छ ।

मोतीको मास्क बनाउन कम्तीमा पनि तीन दिन लाग्छ । यसका लागि अलग–अलग आकारको ३१० वटा असली मोती आवश्यक पर्छ । यसले मानिसको अनुहार चम्काउने रिको बताउँछिन् ।

डिजाइनयुक्त, फेसनेबलभन्दा पनि अलग्गै सिल्भर ज्वेलरी मास्कसमेत बजारमा आउन थालेको छ । चाँदीजडित मास्क भारतको राजस्थानमा बनेको हो । नेपाली रुपैयाँ करिब आठ हजार पर्ने यस्तो मास्कले एन–९५ को काम गर्ने र यसमा फि’ल्टरसमेत राखिएको छ ।

विशेषगरी विवाहलगायतका अवसरमा यस्ता मास्कको अर्डर आउने कारोबारकर्ताले बताएका छन् । विवाहमा बर–बधूले यसको प्रयोग गर्ने अपेक्षा गरिएको छ । यस्तो मास्कको वजन सय ग्रामभन्दा कम हुने बताइन्छ । चाँदीको मास्क पुनः बिक्रीसमेत गर्न सकिन्छ ।

फेसन वा सोखको रुपमा प्रयोग गरिने यस्ता मास्कले को’रोना भा’इरस रोक्न सक्छ वा सक्दैन भन्नेबारे भारतमा ब’हस चल्न थालेको छ । कतिपय चिकित्सक यसरी चाँदीको मास्क प्रयोग गर्दा भाइ’रसको स’ङ्क्रमण फैलन सक्ने चे’तावनी दिन्छन् ।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार १०:०९