ओली-प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

ओली-प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि उठाएका प्रश्नमा केन्द्रीत रहेर अध्यक्ष प्रचण्डले जवाफ दिएपछि सर्वसम्मत रूपमा राजनीतिक प्रतिवेदन पास भएको केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
‘नेकपाको केन्द्रीय कमिटीबाट राजनीतिक प्रतिवेदन पारित भएको छ,’ थापाले भनेका छन्।

अध्यक्ष ओलीसँगको परामर्शमा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए

प्रकाशित मिति १९ माघ २०७६, आईतवार १०:२४