धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय को’रोना संक्र’मित वृद्धको मृ’त्यु भएको अस्पतालले श्रोतले जानकारी दिए।
‘उहाँको हिजो बेलुका ५ बजेतिर सं’क्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँको मृ’त्यु भयो,’ उनले भने।
गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो।
मुटुका विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो । त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।
अहिले मृ’तकको शवलाई अस्पतालमै राखिएको छ। श’वलाई व्यवस्थापन गर्नेबारे सेनाको टोलीसँग कुरा भइरहेको अस्पतालले जनाएको छ।
योसँगै नेपालमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ४० पुगेको छ।