बहिनीलाई बचाउन ६ वर्षका बालक कुकुरसँग भि’डे, अनुहारमा ९० टाँकाः वर्ल्ड बक्सिङ काउन्सिलको उपाधि

अमेरिकाको व्योमिङ राज्यका ६ वर्षका बालक ब्रिजर वाकरलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ । वाकरले कुकुरको हमलाबाट आफ्नी बहिनीलाई बचाउन ज्यानको बानी लगाइदिए । यो हमलामा वाकरको अनुहारमा ९० टाँ’का लगाइएको छ । उक्त घ’टना पछि नै ती बालक सोसल मिडियामा छाएका छन् ।

वर्ल्ड बक्सिङ काउन्सिलले ट्वीट गर्दै वाकरको बहादुरीलाई सलाम गरेको छ । डब्ल्यूबीसीले आफ्नो ब’यानमा भनेको छ, ‘ मानवताको श्रेष्ठ मूल्यलाई देखाउने ६ वर्षका ब्रिजर वाकरलाई अनररी वर्ल्ड च्याम्पियन घोषणा गर्नु हाम्रो लागि गौरवको कुरा हो । ब्रिजर तिमी हिरो हौ ।’

बहिनीलाई बचाउन ज्यानको बा’जीः

घटना जुलाई ९ तारिखको हो । त्यसदिन जर्मन शेफर्ड जातको एउटा कुकुरले वाकरकी ४ वर्षकी बहिनीमाथि ह’मला गरिदियो । तर वाकर आफ्नो ज्यानको पर्वा’ह नगरी कुकुरसँग भि’डे । यतिबेला उनको अनुहार र बं’गारामा ग’म्भीर चो’ट लाग्यो । दुई घण्टा लामो श’ल्यक्रियामा वाकरको अनुहारमा ९० टाँ’का लगाइयो ।

प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार ०२:३८