साउन महिना र भगवान शिवको यस्तो छ पौराणिक महत्व

हिन्दू धर्मका विभिन्न धार्मिक पुराण (ग्रन्थ) हरूमा उल्लेख भए अनुसार सत्ययुगमा देवताहरू र दानवहरूको बीचमा घनघोर यु’द्ध भयो। यु’द्ध ल’ड्दालड्दै देवताहरू र दानवहरू थकित भए। दुबैतर्फ ठूलो हा’नी नोक्सानी भयो। अन्त्यमा परमात्मा बिष्णु भगवानले युद्ध स्थगित गर्न दुबैको बीचमा सहमति र समझदारीको एउटा जुक्ति निकाल्नु भयो। त्यो हो देवता र दानवका बीचमा समुद्र मन्थन गर्न लगाउने।

अतः देवताहरू र दानवहरू समुद्र मन्थन गर्न शुरु गरे। मन्दराचलको मदानी र सर्पको नेती बनाइयो। समुद्र मन्थन गर्दा कामधेनु गाई निस्किइन्, धन्वन्तरी देव, पिंmज, अमृत, विश्वरुपा सुन्दरी ९मोहिनी० आदि निस्कँदै गए। यही क्रममा हलाहल कालकुट वि’ष निस्क्यो। जब हलाहल कालकुट वि’ष निस्क्यो त्यसपछि देवताहरू र दानवहरू भ’य, त्रा’स र डरले आ’तंकित भएर को’लाहल गर्न थाले। त्रा’हीमाम त्राहीमाम भने, त्यही हलाहल कालकुट वि’ष स्र्वर्ग, आकाश र पृथ्वीमा फैलियो भने देवताहरू, दानवहरू, स्थलचर, जलचर, वनस्पति आदि सम्पूर्ण संसार नै ध्वस्त खरानीमा परिणत हुने देवताहरूले लक्षण र सड्ढेत देखे।

अब यस्तै अवस्था रही रहेमा कोही पनि बच्न सक्दैनन् भन्ने लाग्यो। यस्तै अवस्थामा देवताहरूले आपसमा छलफल एवं परामर्श गर्न थाले। यो वि’षलाई यसै खुला छाडिदिने हो भने हामीहरू सबै भ’ष्म भएर खरानी हुनेछौं। यसको नियन्त्रणको लागि हामीहरूले केही जुक्ति, बुद्धि, ज्ञान र चेतनाको उपाय निकाल्नै पर्दछ भनी तर्क वितर्क गर्न थाले।

बिष्णु भगवान ब्रम्हाजीको शरणमा गए। त्यहाँबाट पनि केही उपाय भएन। त्यसपछि सबैले एउटा महत्वपूर्ण जुक्ति, र बुद्धि निकाले, त्यो हलाहल कालकुट विषलाई सबै प्राणीहरूका रक्षक उनै परमात्मा प्रभु साक्षात शिव भगवानले आफ्नै शरीरमा लीन गराएर सबै प्राणीहरूको रक्षा गर्न सक्ने शक्ति छ, त्यसकारण उहाँकै शरणमा जाउँ भनी निर्णय गरे।

त्यसपछि सबै देवताहरू र दानवहरू शरणगत त्राहीमाम प्रभु त्राहीमाम प्रभु भन्दै कैलाशतर्फ प्रस्थान गरे र भगवान शिवको पाउमा सबै घोप्टो परेर रुन कराउने थाले। बोलबम भन्दै शिवको शरणमा परे। यस्तो भ’यभित को’लाहलको दृश्य देखेरे के वि’घ्न बा’धा पर्‍यो भनी भगवान शिवजीले बन्द आँखा खोली सोध्नु भयो। देवताहरूले बम भोलानाथ भन्दै माथिको सबै विवरण प्रभु समक्ष बिन्ती चढाएर शरणगत भए।

यसको प्रतिउत्तरमा देवादिदेव बम भोला प्रभु परमात्मा शिव बाबाले भन्नुभयो( “यदि यो संसारको देवता दानव एवं सम्पूर्ण प्राणीहरूको कल्याण र रक्षा हुन्छ भने म यो ह’लाहल कालकुट वि’ष सेवन गरेर पचाइदिन्छु”। त्यही अनुरुप यो ब्रम्हाण्डका मालिक एवं संरक्षणकर्ता ब’म भोलानाथ शिवले त्यो हलाहल का’लकुट वि’षलाई पिउनु भयो र यो ब्रम्हाण्ड ध्व’स्त हुनबाट बचाउनु भयो र सबैको रक्षा र कल्याण गर्नुभयो।

अनि यो पृथ्वी तल भरी शान्ति छायो तर जब त्यो कालकुट वि’ष भगवान शिवले पिउनु भयो अनि त्यो वि’ष वहाँको घाँटीमा अड्कियो त्यसपछि परमात्मा शिवलाई औडाहा हुन थाल्यो, पोल्न थाल्यो, पी’डा र क’ष्ट हुन थाल्यो। उहाँको घाँटी नीलो भयो। त्यसपछि शिवजीको अर्को नाम नीलकण्ठ बन्न गयो।

यसरी शिवबाबा परमात्माको सम्पूर्ण शरीरका प्रत्येक अ· र प्रत्य·मा त्यो हलाहल कालकुट वि’षको क’ठोर अ’सरले जलन, औडाहा, पी’डाले छ’ट्पर्टाई ज्यादै नै क’ठोर दुःख, क’ष्ट र समस्याको भुमरीमा परी शितलता, ठण्डा र शान्ति खोज्दै भौंतारिन थाल्नुभयो। कहिँ पानीको कुण्ड, दहहरू आदिमा डुबुल्की मार्नुभयो भने कतै पवित्र नदी समुद्रमा हामफाल्नु भयो। कहिँ पनि शितलता र शान्ति पाउन सक्नु भएन र कहिँ शिव लि·को रुपमा देखिन थाल्नु भयो भने कहिं शिव मूर्तिको रुपमा देखापर्न थाल्नुभयो।

भगवान शिवको यस्तो पी’डा एवं दुःखदायक अवस्था देखेर सबै देवताहरू, दानवहरू, मानवहरू र सम्पूर्ण प्राणीहरू भ’य, ड’र र त्रा’सले याकुल(ब्या’कुल र चिन्तित हुन थाले। अब भगवान शिवलाई कसरी शितलता, ठण्डा र शान्ति हुन्छ भनी सोच विचार गर्न थाले।

अन्तिममा सबै देवता, दा’नव, मानवहरूले शिवलि·मा बोलबम बोलबम भन्दै शिवजीको आराधना, पुकारा, जय, ध्यान अनुष्ठान गरेर शुद्वजल, गाईको दूध, पञ्चामृत आदि शिवलि·मा चढाएपछि शिवजीलाई शितलता, ठण्डा आनन्द र शान्ति मिलेछ र ज्यादै आनन्दित र खुशी हुनुभएछ। त्यसपछि सबै देवताहरू र मानवहरू पनि हर्ष र खुशीले विभोर भइ बोलबम बोलबम भन्दै शिवलि·मा जल चढाउँदै हिँड्न थालेछन्। यसरी ब्र≈माण्डभरीका देवता र मानवहरूलाई सुख र शान्ति मिलेछ। यसरी नै बोलबमको परम्परा र प्रथा चलिआएको रहेछ। यसरी शिव भगवानको आराधाना गरेपछि सबैलाई शान्ति, सुख र सुविधा प्राप्त हुन्छ।

परमात्मा “शिवलिङ्गमा” जल चढाएपछि शिवजीलाई शितलता र शान्त हुन्छ। श्रावण महिनाका प्रत्येक सोमबार शिवलि·मा जल चढाएमा मानव जातिमा ठूलो कल्याण र भलाई हुन्छ। निश्चय नै कल्याण हुनेछ। हे त्रैलोक्यनाथ ∕ हे ∕ त्रैलोक्यनाथ त्रिशूलधारी निलकण्ठ तपाईंको मस्तकमा चन्द्रमा र कानमा नागमणीको कुण्डल शोभायमान छ, जसमा गंगा बगिरहन्छिन्, गलामा मुण्डमाला, शरीरमा भष्म लेपन छ। बस्त्र बाघको छाला तपाईको शोभा देखेर नाग साथै मुनिजनहरू पनि मोहित छन्। माता मेनकाकी पुत्री पार्वती साथ छन्।

तपाईको हातमा त्रिशूल छ जसबाट शत्रुहरूको सं’हार गर्नुभयो। जालन्धर नामक भ’यड्ढर राक्षसको सं’हार गर्नुभयो। यसरी तपाईको जगतमा यश फैलिएको छ। त्रिपुरासुर नामको राक्षससँग यु’द्ध गरेर आफ्ना सबै देवतालाई कृपा गर्नुभयो। राजा भागिरथको तपस्यापछि तपाईले आफ्नो जटामा बास गरेकी गंगालाई जानको लागि आज्ञा दिनुभयो।

भागिरथको प्रतीज्ञा तपाईकै कारण पूरा भयो। जसलाई भगिरथी गंगा भनेर जान्दछौं। योगी, मुनिजन, नारदमुनि, देवी सरस्वती पनि तपाईंको ध्यान र नमन गर्दछन्। “फ् नमःशिवाय” यो पञ्चाक्षर मन्त्रको जप गरेर पनि ब्र≈मा आदि देवता तपाईको महिमा प्राप्त गर्न सक्दैनन्। यस्ता सवर्श्वर शंकरको हामी श्रद्धापूर्वक नमन गरौं।

विश्वका आदि जगत उत्पत्तिका बीज र समस्त भयहरूलाई नाश गर्ने पाँचमुख र तीन नेत्र भएका प्रभु महेश्वरलाई हामी सदा नै भावयुक्त भएर तपाईको आव्हान गर्दछौं। जो शान्ति आकाशमा छ, अन्तरिक्षमा छ, पृथ्वीमा छ, जलमा छ, औषधिमा छ, वनस्पतिमा छ, विश्व देवमा छ, शब्दब्र≈मामा छ तथा सबैमा जो शान्ति छ सबै हामीमा प्राप्त होस्। अन्तमा यस भवसागरबाट पार हुन कुन चाँही मार्ग उत्तम रहेछ त भन्ने विषयमा श्रद्धालु भक्तजनहरूलाई स्पष्ट पार्ने प्रयत्न गरिनेछ।शिव सर्न्दर्भमा योगको महत्त्वः

कोही भन्छन् कर्मयोग, कोही ज्ञानयोग, कोही भक्तियोग तर यी मध्ये कुन श्रेष्ठ छ त जस्तै कर्मयोग, ज्ञानयोग, भक्तियोग यी तिनै मार्गहरू वास्तवमा एक अर्काका परिपूरक छन् अथवा एक अकोर्सँग सम्बन्ध राख्दछन्। जीवनको पहिलो शुरुवात कर्मबाट हुन्छ। कर्म नगरी ज्ञान प्राप्त हुन सक्दैन। ज्ञान नभएसम्म भक्तिपूर्ण हुन सक्दैन तसर्थ यि तिनवटा योग मिलेर नै पूर्ण योग बन्दछ। गुरु भक्ति आफूमा ज्ञान र कर्ममा कुशलता हुनु नै वास्तवमा परिपूर्ण योग हो।

त्यही व्यक्ति भागवत स्वरुप बन्दछ।आदरणीय यस बोल बम कार्यक्रममा उपस्थित श्रद्धालु भक्तजनहरू, यो संसारमा सबै व्यक्ति एउटै प्रकारका हुँदैनन् आफ्नो स्वभाव र संस्कार अनुसार आ-आफ्नो बाटो रोज्ने गर्दछन्। त्यही अनुसार उनीहरूले मार्गर्दर्शन प्राप्त गर्दछन् किनभने सबैको चेतनाको स्तर र स्वभाव, संस्कार एउटै नहुन सक्दछ। कसैलाई हठयोग त, कसैलाई राजयोग त, कसैलाई भक्तियोग त, कसैलाई कर्मयोगबाट भगवानको दर्शन मिल्दछ। ती सबै आ-आफ्ना ठाउँमा उत्तम छन्। आ-आफ्नो चेतनाको स्तरअनुसार उनीहरूले बाटो रोज्दछन्।

त्यसमा कसैले बलपूर्वक हस्तक्षेप नगरून्। समग्रमा हेर्दा यी सबै एक अर्कामा अन्योन्याश्रीत सम्बन्ध राख्दछन्। जस्तै हठयोग बिना राजयोगमा पुग्न सकिंदैन। शुरु(शुरुमा व्यक्तिलाई आफ्ना कुलत र कुसंस्कारलाई फाल्न हठपूर्वक अभ्यास उपासना गर्नुपर्ने हुन्छ र अभ्यास भै सकेपछि फेरि त्यो सहज बन्न पुग्दछ। त्यही नै राज योग हो।

धारण, ध्यान, समाधि यी तीनवटाको संगम नै राजयोग हो। आदरणीय श्रद्धालु भक्तजनहरू ज्ञानका अधिकारी पनि तीन प्रकारका हुन्छन् जस्तै उत्तम, मध्यम र कनिष्ट।ज्ञान प्राप्तिमा शिव परमात्माःउत्तम : गुरुहरूका वाणी वा वेद उपदेशहरूबाट धर्मशास्त्रको अध्ययनबाट प्रत्यक्ष ज्ञान हुन सक्दछ। यो हो ज्ञान योग।मध्यम : गुरुको सेवा भक्ति उपासना आदिबाट हुने ज्ञान भक्तियोग हो।

कनिष्ट : कर्म गर्दागर्दै ज्ञानको अनुभुति हुनु कर्मयोग हो।
ज्ञान प्राप्तिको लागि हामीले यी तीनवटा नै साधन मुख्य मान्नु पर्ने हुन्छ।
अब हामीलाई ज्ञान कसरी प्राप्त हुन्छ त भन्ने विषयमा हामी श्रोता बर्गलाई छोट्करीमा स्पष्ट पार्न चाहन्छौं। जसमाःज्ञानकाण्ड ” गुरुवाणी, वेद उपदेश ज्ञानयोगबाट

उपासनाकाण्ड : ध्यानको अभ्यासबाट भक्तियोग
कर्मकाण्ड : कर्म गर्दा गर्दै आचरण शुद्धि, मनशुद्धि, विचारभाव शुद्धि त्यसपछि आत्मदर्शन र ज्ञानको अनुभूति मिल्दछ।

कर्म योगबाट उक्त वाणीका साथै आज यस बोलबम कार्यक्रममा उपस्थित सन्त महन्त गुरुवरज्यूहरू तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा पर्न गएको असुविधाको लागि क्षमा माग्दै यस कार्यक्रमलाई सहयोग पुर्याउनु हुने कार्य समितिका सदस्य एवं सम्पूर्ण भक्तजनहरूलाई आभार प्रकट गर्दै शब्द विश्राम लिने अनुमति माग्दछु।

प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार १५:४२