पछिल्लो २४ घण्टायता थप १६७ जनामा को’रोना सं’क्रमण पुष्टि

विराटनगर, १ साउन । अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा नेपालमा आज थप १६७ जनामा को’रोना भा’इरस (कोभिड–१९) सं’क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप १६७ जनामा को’रोना पो’जिटिभ देखिएको हो ।

४ हजार ९ सय ८१ जनामा गरिएको परीक्षणमा थप १६७ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै नेपालमा को’रोनाबाट सं’क्रमण हुनेको संख्या १७ हजार ३४४ पुगेको छ । सक्रिय सं’क्रमितकाे संख्या ६ हजार ५६ रहेकाे छ ।

यता, नेपालमा को’रोनामुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ । हालसम्म ६४.८५ प्रतिशत निकाे भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा थप २१३ जना को’रोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार १०:५३