को’रोना महामा’रीमा ख’टेका स्वास्थ्यकर्मीलाई हिमानी ट्रस्टको सहयोग

हिमानी ट्रस्टले कोरोना भा’इरस महामा’रीमा अग्रपंक्तिमा ख’टिएका स्वास्थ्यकर्मी लगायतलाई पिपिईलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ।

काठमाडौं मेडिकल कलेज, परोपकार अस्पताल, प्रसूति गृह, कारागार अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको ट्रस्टले जनाएको छ। ट्रस्टले बिहीबार आठौं चरणको राहत वितरण गरेको हो।

जसअनुसार काठमाडौंको छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयको होस्टलमा बसोबास गर्ने ५० विद्यार्थीलाई ४० बोरा चामल र २ बोरा दाल, चितवनका ६० घरपरिवार चेपाङ समुदायलाई ६० बोरा चामल र ६ बोरा दाल, कञ्चनपुर, गोरखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकास्थित क्वारेन्टिनमा फिल्टरसहित झुल वितरण गरिएको कोषले जानकारी दिएको छ।

काठमाडौं मेडिकल कलेज, परोपकार अस्पताल, प्रसूति गृह, कारागार अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको ट्रस्टले जनाएको छ।
ट्रस्टले बिहीबार आठौं चरणको राहत वितरण गरेको हो।

कोषकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले को’रोना महामा’रीमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी लगायतलाई ट्रस्टले सहयोग गरेको जानकारी दिइन्।

उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहबाट ट्रस्टमार्फत् सरकारलाई को’रोना कोषका लागि २ करोड नगद पनि सहयोग भएको छ।
काठमाडौंका फलफूल तथा तरकारी व्यापारी १५ सय जनालाई मास्कलगायत सामग्री कोषले दिएको पनि शाहले बताइन्।
प्रदेशअन्तर्गत विभिन्न जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री ट्रस्टले उपलब्ध गराएको उनले जानकारी दिइन्।

‘त्रिभुवन विश्वविद्यालयको होस्टेलमा बसोबास गर्ने विद्यार्थी, अपांगता भएका विद्यार्थी, विपन्न बालबालिका तथा जेष्ठ नागरिकलगायत १८ सय जनालाई ट्रस्टले खाद्यान्न सहयोग गरेको छ,’ बिहीबार आयोजित ट्रस्टको कार्यक्रममा अध्यक्ष शाहले भनिन्।

प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार ०७:१७