बे’पत्ता युवक सत्र वर्षपछि घर फर्किए

बागलुङ — रोजगारीका लागि विदेश गएपछि बे’पत्ता भएका भएका बागलुङका एक युवक १७ वर्षपछि घर पुगेका छन् । बागलुङ नगरपालिका–३ मूलपानीका ३५ वर्षीय नगेन्द्र पन्तलाई मानव सेवा आश्रमले घर लगिदिएको हो ।

रोजगारीका लागि २०६० सालमा कोरिया पुगेका पन्त एक वर्ष नपुग्दै परिवारसँग स’म्पर्कविही’न भएका थिए । काठमाडौंको सडकमा अ’लपत्र भेटिएपछि उनलाई आश्रमले संरक्षणमा लिएको थियो ।

आश्रमको बागलुङ शाखामा ५ महिना बसेपछि उनले आफ्नो घर बागलुङकै मूलपानी रहेको बताए । त्यसपछि आश्रम सञ्चालक सुमीरा लामाले उनलाई घर लगिदिएकी हुन् ।

तस्विरमा: सत्र वर्षपछि घर फर्किएका बागलुङ नगरपालकिा–३ मूलपानीका ३५ वर्षीय नगेन्द्र पन्त परिवारका साथ

ह’राएको छोरो सत्र वर्षपछि फर्केर आउँदा परिवारमा खुसी छाएको छ । ‘हामीले आस मा’रिसकेका थियौं, कसरी आइपुग्यो, भगवान्ले ल्याए होला,’ आमा रूपाले भनिन्, ‘घरसम्म ल्याइदिने नै मेरा भगवान् हुन् ।’ उनी आएको देखेर छिमेकी र परिवारका सदस्य पनि आ’श्चर्यमा परेका छन् ।

पन्त उनी कोरियाबाट कसरी फर्किए र किन बे’पत्ता भए भन्नेबारे अझै केही खुलाउन चाहँदैनन् । गत माघमा काठमाडौंको सडकमा अ’लपत्र भेटिएपछि उनलाई आश्रम सञ्चालकले ल्याएर राखेका थिए । ‘धेरै नबोल्ने, घर ठेगाना पनि नबताउने भएपछि आश्रममा राखेका थियौं,’ लामाले भनिन्, ‘इमानदार देखेर पारिश्रमिक दिई आश्रममै रोजगारी दिन खोज्दा मेरो घर यहीँ हो भनेर बताउनुभयो ।’

‘हामीले आस मा’रिसकेका थियौं, कसरी आइपुग्यो, भगवान्ले ल्याए होला,’ आमा रूपाले भनिन्, ‘घरसम्म ल्याइदिने नै मेरा भगवान् हुन् ।’ उनी आएको देखेर छिमेकी र परिवारका सदस्य पनि आश्चर्यमा परेका छन् ।

पन्त घर पुग्दा उनका पिताको केही वर्षअघि नै नि’धन भइसकेको थियो । उनका एक भाइ छन् । लामो समयपछि घर फर्केकाले पन्त अहिले बाबुको का’जक्रि’यामा बसेका छन् ।

आश्रममै तमानखोला–२ बुंगादोभानका ५५ वर्षीय अर्का व्यक्ति पनि छन् । उनको परिवारका सदस्यसँग स’म्पर्क भएपछि घर पठाउने तयारी भएको लामाले बताइन् ।

आश्रममा अहिले ६ बालबालिकासहित ४० जना आश्रित छन् । आश्रममा सडकमा अ’लपत्र भेटिएका, अ’पांग, अस’हायलाई राख्ने गरिएको छ । आश्रमका बालबालिकालाई विद्यालयमा भर्ना गरेर पढाउने व्यवस्था पनि गरिएको छ ।

प्रकाश बराल/कान्तिपुर

प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार ०६:४८