नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजारले मागे इच्छा मृ’त्यु

एजेन्सी
माघ १९, २०७६

नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इ’च्छामृ’त्यु चाहन्छन् । नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे शुक्रबार सदनमा जानकारी दिएका हुन् ।

ती दुईले एक रिपोर्टको हवाला दिँदै ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे जानकारी दिए । ग’म्भीर रुपमा बि’रामी भएर म’र्नुको साटो उनीहरुले सहज विकल्प खोजेको उक्त रि’पोर्टमा बताइएको छ ।

उक्त रि’पोर्टलाई भ्यान विजगार्डेन कमिशनले तयार गरेको हो । जोंगका अनुसार यो सरकार र समाजका लागि ठूलो सामाजिक मु’द्दा भएको र यो देश, सरकार र समाजका लागि ठिक नभएको बताएका छन् । उनले भने, ‘हामीले तत्काल यो ठूलो र ग’म्भीर सामाजिक मु’द्दामा तर्कसंगत निर्णय लिनुपर्छ । कुनै परिस्थितीवश निराश भइसकेका यस्ता व्यक्तिको मद्दत गरेर उनीहरुलाई बाँच्नका लागि प्रेरित गर्नुपर्छ । यसबाहेक, सरकारले ७५ वर्ष माथिका व्यक्तिका लागि इच्छामृ’त्यु दिनेबारे विचार गर्नुपर्छ ।सन् २००१ मा नेदरल्याण्डले इच्छामृ’त्युमा रो’क लगाएको थियोः

डी ६६ पार्टी र विपक्षकी सांसद पिया डिज्क्स्ट्राले ७५ वर्ष माथिकाले इच्छामृ’त्युको आवेदन गर्ने सम्बन्धि एक विधेयक पेश गर्ने बताएकी छिन् । उनका अनुसार यसमार्फत् मानिसहरु आफ्नो जीवनको अन्त्य एक गरिमामय तरिकाले गर्न सक्नेछन् । सन् २००१ मा ठूलो संख्यामा इच्छा मृ’त्यु चाहनेहरुको बढ्दो संख्याका कारण नेदरल्याण्ड सरकारले यसमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो । यस्तो गर्ने यो पहिलो देश थियो ।

अर्की एक सांसद कार्ला डिक–फेबरले भनिन्, ‘इच्छा मृ’त्युका लागि अनुसन्धान गर्नु मानिसहरुको मृ’त्युप्रति सबैभन्दा ड’रलाग्दो प्रतिक्रिया हुनेछ । ’
उनले थपिन्, ‘छिमेकी देश बेल्जियममा तीन डाक्टरले मानसिक रुपले विक्षिप्त व्यक्तिका लागि गै’र कानूनी तरिकाले इच्छा मृ’त्यु दिएका थिए ।’सन् २०१० मा दुई डाक्टरले बिरामीलाई लेथल इन्जेक्सन दिएर मा’रेको घ’टना पनि उनीहरुले उठान गरेका थिए । यद्यपि, बेल्जियममा सन् २००२ पछि इच्छा मृ’त्यु दिने का’नून छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०६:५३