को’रोनाबाट नेपालमा ‘३९ औं मृ’त्यु’ अन्य भन्दा ‘फरक’

काठमाडौं । रौतहटको परोहा नगरपालिका–७ का २८ वर्षीय एक युवक भारतबाट आएर वडा नम्बर ३ स्थित तेजापाकट आधारभूत विद्यालयको क्वारेन्टिनमा बसे । २४ गतेदेखि क्वारेण्टिन बसेका उनको २८ गते स्वाब संकलन गरेर हेटौंडा प्रयोगशालामा पठाइयो । २९ गते वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पताल पुगेका उनको ३१ गते मृ’त्यु भयो ।

अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार उनी अस्पताल पुग्दा सामान्य रुघाखोकी बाहेक अन्य स्वास्थ्यमा समस्या थिएन् । न सुगर थियो, न मुटु तथा किड्नीको समस्या । उमेर पनि ३६ वर्ष मात्र थियो । पिसाबमा पनि कुनै ‘इ’न्फेक्सन’ थिएन ।

पटकपटक स्वास्थ्य जाँच गर्दा पनि शरीरका सबै अं’गले राम्रोसँग काम गरिरहेको थियो भने अक्सिजनदेखि मुटुको चालमा कुनै ग’डबढी थिएन । अर्थात उनको स्वास्थ्य ज@टिल अवस्थामा गु’ज्रिएको या गु’ज्रिँदै गएको कुनै पनि मेडिकल संकेत चिकित्सकहरूले पाएनन् ।

‘रातिसम्म खाना खाएर बोल्दै हिड्ने गरेको बिरामीलाई बिहान एकाएक स्वास्थ्यमा समस्या आयो’ डाक्टर सिहले भने, ‘यसरी छोटो समयमा स्वास्थ्य अवस्था अकस्मात परिवर्तन भएर मृ’त्यु भएको पहिलो के’स हो ।’

डा सिंहका अनुसार युवा राति ९ बजे खाना खाएर सुत्नु अघि सामान्य थिए । अक्सिजनको मात्र ९२ देखि ५५ प्रतिशत थियो । मुटुको चाल एकदम ठिक थियो । तर, भोलिपल्ट बिहान सात बजे स्वास्थ्यमा एकाएक समस्या आयो । शरीरमा अक्सिजनको मात्रा ५५ प्रतिशतमा झर्यो । उनले छिटोछिटो सास फेर्न थाले । बोली ल’रबरिँदै गयो । उनी एकाएक अचे’त अवस्थामा पुगे । लगत्तै अक्सिजन दिइयो । अन्य उपचार विधी अपनाइयो, तर अवस्था सुध्रिने छाटकाट देखिएन ।

‘बिहान ८ बजे हामीले भे’ण्टिलेटरमा हालिसकेका थियौं’ डाक्टर सिंहले भने, ‘तर, भेण्टिलेटरमा राख्दा समेत बचाउन सकिएन ।’

दिउँसो साढे २ बजेतिर उनको नि’धन भयो ।

नेपालमा कोभिड सं’क्रमित भएर मृ’त्यु भएका ३९ मध्ये यो फरक के’स भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय बताउँछन् । ‘यो भन्दा अगाडि मृ’त्यु हुने मानिसहरु कुनै न कुनै रोगले ग्र’सित थिए, उमेर पनि बढी थियो र अन्य दिर्घरोग भएरै अस्पतालमा भर्ना भएका थिए’ डाक्टर उपाध्याय भन्छन्, ‘तर यो के’समा मृ’तकको ट्राभल हिस्ट्री थियो र छिट्टै समस्या देखिएर नि’धन भयो ।’

यो के’सले नेपालमा क’डा कोभिड देखिएको संकेत गरेको डाक्टर उपाध्याय बताउँछन् । हुन पनि यसअघि को’रोना सं’क्रमणका कारण भएका मृ’त्यहहरु हेर्ने हो भने सं’क्रमित हुनु अघि पनि स्वास्थ्यमा कुनै न कुनै सम’स्या थियो । अस्पतालमा पुर्याउनुअघि मृ’त्यु भएको घ’टनाहरु पनि छन् । ।

यो के’स धेरै कारणले फरक छ । किनकी, यो क्वा’रेण्टिन स्थलको मृ’त्यु होइन । यो अस्पताल लाँदालाँदै बाटोमा भएको मृ’त्यु पनि होइन । कुनै दिर्घरोगीलाई को’रोना सं’क्रमण पनि भएर भएको मृ’त्यु पनि होइन । यो त भेण्टिलेटरमा राखेको ५ घण्टापछि मृ’त्यु भएको के’स हो ।

यस्ता के’सहरुको स्वास्थ्य मन्त्रालयले छुट्टै अध्यन गर्नुपर्ने सं’क्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । उनका अनुसार नेपालमा ज्यान गुमाउनु नपर्ने धेरै कोभिड सं’क्रमितको मृ’त्यु भएको छ । त्यसको कारण खोज्न स्वास्थ्य मन्त्रालयले ढिलो गरेको उनको आ’रोप छ ।

चिकित्सकहरूका अनुसार कोभिड-१९ भाइ’रसले मुटुमा रगत पुर्याउने नलीलाई क्ष’ति गर्छ । त्यसो हुदाँ मुटुमा र’गत पुग्दैन भने फोक्सोमा र’गत जम्न सक्छ । सोही कारण मानिसको अकस्मात मृ’त्यु हुने गर्छ । को’रोना सं’क्रमण भएका विरामी यसरी मृ’त्यु हुनु नौलो होइन ।

‘भा’इरसले मानिसको मुटु तथा फोक्सोमा अकस्मात ए’ट्याक गर्ने भएकाले सं’क्रमण भएको केही क्षणमा मानिसको मृ’त्यु हुन सक्छ’ डाक्टर सुवेदी भन्छन्, ‘तर यो के’समा यस्तै भएको हो भन्ने कुरा अध्यन बिना बोल्न मिल्दैन, यो त सम्भावना मात्रै हो ।’

विज्ञ फरेन्सिक एक्सपर्टहरुलाई यस्ता के’सहरुको अध्यन गर्न स्वास्थ्य मन्त्रालयले समन्वय गर्नु पर्ने डाक्टर सुवेदीको तर्क छ । उनका अनुसार यस्ता बिरामीको मृ’त्यु भएपछि मुटु तथा फोक्सोका विज्ञ चिकित्सकले सुरक्षा स’तर्कता अपनाएर को’रोना भा’इरसले मृ’त्यु भएका व्यक्तिको मुटु र फोक्सोमा कस्तो अ’सर गरेको थियो भनेर निष्कर्ष निकाल्नुपर्छ ।

‘फरेन्सिक एक्सपर्ट र सम्बन्धित विज्ञहरुको निष्कर्षलाई आधार मानेर अटोप्सी गरे सत्य तथ्य पत्ता लाग्छ’ डा सुवेदीले भने, ‘अकस्मात मानिस मरेकै आधारमा क’डा कोभिडको सं’क्रमण भयो भन्न मिल्दैन ।’

तर मन्त्रालयले बेवा’स्ता गर्दा पछि झन ठुलो समस्या निम्तन सक्ने उनको तर्क छ । उनी भन्छन्, ‘ नेपालको पछिल्लो मृ’त्यु अरु के’सको मृ’त्यु भन्दा फरक देखिन्छ , तर अध्ययन बिना यही हो भनिहाल्नु उचित हुन ।’
स्रोत:अनलाइन खबर

प्रकाशित मिति ३१ असार २०७७, बुधबार १६:११