बढ्यो सुनको मुल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौ, असार ३१ – आज बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेर नयाँ रेकर्डक कायम गरेको छ ।

मगंलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्‍य बुधबार ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्‍य पनि बढेको छ । आज चाँदीको १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति ३१ असार २०७७, बुधबार ०६:११