मृ’त भनी दा’हसं’स्कार गरिएका व्यक्ति जी’वित भेटिपछि…

शनिवार कि’रिया बसेको नौ दिन । श्रीमती र छोरा कि’रियामा थिए । आइतबार १० दिन हुने । त्यो दिन कि’रिया कर्मको लामो हुने भएकाले परिवार र आफन्त तयारीमा थिए ।

बिहान सात/आठ बजे पाल्पाको रैनादेवि छ्हरा गाउँपालिका १ अर्चलेमा क्रि’रिया गरिएका व्यक्ति जिवित फेला परे । उनी थिए रुरु गाउँपालिका ५ बम्घा बस्दै आएका ६६ वर्षिय श्यामशरण भण्डारी ।उनी भेटिने बित्तिकै वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई स्थानीयले खबर गरे ।

त्यहाँ पुगेका छिमेकी र गाउँलेहरुले मृ’त भनिएका भण्डारीलाई जिवित देखेर चकित परे । ‘खबर पाएको केही बेरमा अर्चले पुगेर मान्छे जिवित देख्दा अचम्म परियो,’वडाध्यक्ष ज्ञवालीले भने,‘आजै किरिया बसेका नौ दिन भएका थिए ।’

त्यसपछि उनले आफन्त र प्रहरी प्रशासनलाई खबर गरेर ती व्यक्ति परिवारलाई लगेर शनिबार साँझ बुझाएको जानकारी दिए ।

प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०९:०५