सिन्धुपाल्चोक पहिरोले बगाएको एउटा चोखो प्रेम

हतार हतार भयो । घडी हेर्दै ल्यापटप र चार्जर ब्यागमा राखेँ । मोबाइल हेरे ७ औं चोटी फोन आइसकेको थियो उनको । आज हाम्रो ५ बजे भेट्ने कुरा थियो ।अलि अलि बाँकी रहेको काम सक्काउनै पर्ने थियो । अनि म अफिसको जुनियर इम्प्लोइ ,दाइहरु ननिस्किदै अफिसबाट निस्कने कुरा पनि भएन । यति गर्दा गर्दै ६ बजिसकेको थियो ।

ब्याग बोकिसके पछि फोन गरेँ ,”सरि यार, कहाँ छ्यौ ?? म निस्किसकेँ ” यत्ती भनिसके पछि एक्छिन कुरेँ ,के भन्छिन भनेर ,तर आवज नै आएन ।१०/१३ सेकेन्डको सुन्यता पछि आवाज आयो “म फर्किसकेँ “यत्ती भनेर फोन का’टियो । म आत्ति’एँ ,सधै म नै ढिला गर्छु ,जहिले उनले मात्र कुर्नु पर्छ ,उनको अफिस मैतिदेवीमा छ कोठा कोटेश्वरमा त्यै पनि उनी मेरै लागि भनेर सधै बेलुका शन्खमुल आइपुग्छिन अनि मैले गर्दा उनलाई कोठा जान ढिला हुन्छ । आफै माथी रि’स उठ्याे ।

कम्सेकम आज त छिटो आउनु पर्थ्यो ,भोलि बाट भेट हुनको लागि ५/६ दिन कुर्नु पर्थ्यो दुबैले । मेरो भोलि हेटौंडा जानू थियो साइटमा भने उनी घर जाँदै थिइन बाह्रबिसे घरमा पुजा भएकोले । दुबै ४/५ दिन भुलिन्थ्यो । अब के भनेर फकाउने होला, सोँच्दै पछुतो मान्दै थिएँ मोबाइलमा म्यासेज आयो ” सन्खमुल पुल पारी छु “भनेर ।अनि खुसी हुँदै दौडिएँ सन्खमुल पुल तिर । निलो जिन्स अनि सेतो कुर्ता , मुखमा माक्स अनि ल्यापटप ब्याग बोकेर उभिराखेकी थिईन ।

के भनेर फकाम भनेर सोच्दैँ थिएँ ,अनि सम्झेँ आज अफिसमा दाईले बर्थ डेको चकलेट दिनु भएको थियो त्यो मैले ब्याग मै राखेको थिएँ । उनी नजिकै गएसी भनेँ “आज तिम्रो लागि चकलेट किन्दा ढिलो भयो के ,नरिसाउ ल ” यत्ती भनेर चकलेट दिएँ ,उनी चकलेट नलिइकन केही नबोली सरासर हिडिरहिन । यो त हुनै थियो ,म पनि पछि पछि हिँडे । केही बेर यत्तिकै नबोलि हिँडे पछि एक्कासि रोक्किइन उनी ,अनि म तिर फर्किदै हात थापिन “चकलेट ??” ।

त्यति बेला सम्म चकलेटको रस मेरो पेटमा पुगिसकेको थियो ,बाँकि मेरो मुखमा थियो । म बिस्तारै चकलेट निल्दै मुसुक्क हाँसे ,उनी माया मिसिएको रिसले मेरो मुखमा हेरेर झन रफ्तारमा लागिन पाटनतिर ।

मलाई अचम्म लाग्छ १ मिनेट नहुँदै “चकलेट ” भन्नू थियो भने पहिलै किन नलिगेको ?? एक्छिन पछि पाटन गएर एउटै गिलासमा कफि खाने नै हो भनेपछी किन यो हतारको हिडाइ ?? किन रिसाए जस्तो गर्छन ?? म बुझ्दिन यी नारीहरुको मनमा के खेलिरहेको हुन्छ ?।पाटन हाम्रो सधै भेट हुने ठाँउ थियो । हरेक साझ हामी यहीँ आउछौ ,यहि रिसाउछौ ,यहि फकाउछौ ,यहि दुखका कुरा हुन्छन , सुखका कुरा हुन्छन ,सपनामै सपना पूरा पनि यहीँ हुन्छन । निकै प्यारो छ दुबैको लागि यो ठाँउ । केही नबोली नबोली पाटन पुग्यौँ ।

पाटन सधैको मन पर्ने ठाउँ हो ,तर आज भोलि पाटनको सबै जसो मन्दिरमा बत्ती हालिएको छ । त्यो बत्तिले पाटन यति मोहक देखिन्छ कि मुख बाट आफै “वाह” निस्किन्छ । उनी र म त्यहीँ कृष्ण मन्दिरको अगाडी बस्यौँ । उनी म तिर हेर्दै भनिन “हजुर कति बेला जाने भोलि ?” मैले जिस्काउदै सोधेँ “रिस हरायो हजुरको ??” उनी रुञ्चे स्वर निकाल्दै भनिन “म रिसाएको हैन के, चित्त दुख्छ नि ,हजुर जहिले यस्तै गर्नुहुन्छ ,मलाई नि आश लाग्छ नि कहिले काहीँ त हजुरले कुर्दा पनि त हुन्छ नि हैन र ??”

म उनको हात समात्दै भनेँ “सरि न ,कहिल्यै भने जस्तो नहुने भो ,जहिले छिटो आउछु भन्छु ,आउँदा आउँदै ढिला हुन्छ । ” यत्ती भनिसके पछि सानी बैनीले दाइ आज कफि नखाने भन्दै आइन , मैले खाने नि भन्दै गिलास समाँते । हामीले जति कप कफि खाए पनि एउटै गिलासमा खान्थ्यौँ , । त्यहीँ बस्दै दैनिक जस्तै गफ गर्यौँ । केही बेर त्यहीँ बसिसकेपछी हामी उनको कोठा तिर हिड्याै । म उनलाई कोटेश्वरसम्म छोड्न गएँ ,छुट्ने बेलामा उनले “को’रोना नेपालमा नि आइसक्यो भन्छन ख्याल गर्नु होला ,स्यानीटाइजर अनि माक्स लिएर हिड्नु होला हस” भन्दै छुट्टिइन ।

म हस भन्दै टाउको हल्लाउदै च्यासलको कोठा तिर लागेँ । भोलि पल्ट दुबै जना एउटै समयमा हिड्ने कुरा भयो । त्यहीँ अनुसार म हेटौंडा गए उनी सिन्धुपाल्चोक । बेलुका दुबैले सजिलै पुगेको कुराकानी भैसकेपछी हामी आ आफ्नो काममा ब्यस्त भयौँ ।त्यही दिन राती ११ गते देखि लामो दुरि सवारीसाधन नचल्ने खबर आएपछी मलाई अफिसबाट सके सम्म आज नै कि घर फर्क्यौ कि काठमाडौं फर्क भनेर फोन आयो । मैले घर जाने सोँच बनाएँ । उनलाई फोन गरेँ ,उनी पनि यस्तो बेला छ हजुर नि घर जानू न त एक दुई हप्ता बसेर आउनु होला भनिन ।

म घर गएँ । सबै तिर लकडाउन भयो ,एक हप्ता भनेर आएको आज ११० दिन भयो म नि घरै छु र उनी पनि।हामी टाढा भए पनि सधै कुरा हुन्थ्यो ,संगै online Course हरु लिइरहेका थियौँ ।हरेक बिहान उनैले म्यासेज गरेर बिहानी भए जस्तो लाग्थ्यो।उनलाई पानी परेको मौसम एकदम मन पर्छ ,पानीमा भिज्न मनपर्छ ,सधै पानी पर्यो भनी म हजुरलाई सम्झन्छु भन्थिन ।

अस्ति राती पनि पानी परिरहेको छ यता त भन्दै थिइन ,मैले यता त कस्तो गर्मी छ भन्ने कुरा गरेँ ,त्यहीँ कुरा गर्दा गर्दै कति बेला निदाएँ थाहै भएन ।बिहान ६ बजे आँखा खुल्यो ,उठेर मोबाईल हेरेँ म्यासेज आइसकेको थिएन उनको । आज मैले पठाएँ “Good morning ❤️” भन्दै ।म्यासेज deliver भएन ,आफूले गरेको बेला त कहाँ हुन्थ्यो र ,कहिल्यै मख्ख पार्न पाउनी भएन मैले भन्नी सोच्दै म ekantipur खोलेँ ।

पेजको हेडलाईन थियो “सिन्धुपाल्चोकमा बाढिको बितण्डा , भोटेकोसिमा २० जना बेपत्ता ,२ को सब भेटियाे ”

फेसबुकबाट साभार

प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०४:२४