अस्पताल नै नगई को’रोनामुक्त भइन् बेलायतकी १०४ वर्षीया महिला

लन्डन — बेलायतकी एक जना १०४ वर्षीया महिला को’रोनामुक्त भएकी छिन् । बेलायतकी को’रोना सं’क्रमित १०४ वर्षीया महिला ३ हप्ता आवासीय हेरचाह केन्द्रमै आराम गरेपछि निको भएको बीबीसीले जनाएको छ ।

केन्ट निवासी ग्रेस ग्रीनवुडलाई को’रोना सं’क्रमण पुष्टि भएपछि श्वा’सप्रश्वासमा समस्या देखिएको थियो । तर अन्य ज’टिल समस्या नदेखिएका कारण उनलाई अस्पताल लैजानु नपरेको चिकित्सकहरुले बताएका छन् ।

ग्रेसका परिवारका सदस्यहरुका अनुसार उनी पहिले पनि विभिन्न रोगबाट ग्र’सित भएको र त्यसलाई झे’लेका कारण अहिलेको चुनौ’तीलाई सा’मना गर्न सकेकी हुन् ।

ग्रेसको जन्म बर्मा(म्यानमार) मा भएको थियो । उनले भारतमा केही समय नर्सका रुपमा काम गरेकी थिइन् । त्यसपछि उनी लामो समुद्री यात्रा तय गर्दै सन् १९४६ मा बेलायत फर्केकी थिइन् ।

लन्डनमा मेकअफ आर्टिस्टका रुपमा कार्यरत उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता पहिले उहाँ बिरामी हुनुभयो । जब चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिए हामी निकै ड’राएका थियौं ।

हामीलाई थाहा थियो हामी बसेको ठाउँमा को’रोनाबाट धेरैको मृ’त्यु भएको थियो ।’ आफूलाई को’रोना भा’इरसको सं’क्रमण भएको थाहा पाएपछि पनि ग्रेस कत्ति पनि नआ’त्तिएको क्रिस्टल बताउँछिन् ।

क्रिस्टलका अनुसार उनकी हजुरआमा दृढ इच्छाशक्ति भएकी महिला हुन् । उनी अहिले पनि दैनिक रुपमा शारीरिक अभ्यासको प्रयास गरिरहेकी हुन्छिन् ।

प्रकाशित मिति २९ असार २०७७, सोमबार ०८:४२