दिपा श्रीको लागि दिपकराजले लाइभमा आएर माफी मागे  राजेश हमाल ‘महानायक’ होइनन् भन्ने अधिकार हामीलाई छैन

निर्माता, कलाकार तथा निर्देशक दिपकराज गिरीले नायक राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार आफूलाई नभएको स्पष्ट पारेका छन् ।

सामाजिक संजाल फेसबुकमा लाइभ कुरा गर्दै दिपकले भने–‘हामी एउटै क्षेत्रमा छौ । यसैले, एउटा ब्रान्ड टिमले अर्को ब्रान्ड कलाकारको बिषयमा प्रश्न उठाउनु गलत हो । राजेश हमाललाई ‘महानायक’ होइन भन्ने अधिकार हामीसँग छैन ।’

दिपकले राजेश हमालको बिषयमा ब’हस गर्दै गर्दा ‘छ’क्का पन्जा’को ब्रान्डमाथि प्र’हार भएको समेत आ’रोप लगाएका छन् ।

उनले, आफूहरु ‘महानायक’को दौ’डमा नरहेको भन्दै मिडियामा अरु कुनै कलाकारको बिषयमा ब’हस गर्दै गर्दा बोल्दा ख्याल गर्नुपर्ने पनि बताए ।

जीवनभर राजेश हमाललाई गा’ली गर्नेहरु पनि अहिले आएर राजेश हमालको पक्षमा देखिएको भन्दै उनले यो आफूहरुमाथिको प्र’हार भएको बताएका छन् । उनले यस्ता मानिसहरुलाई ‘अलिकती ला’ज राख्न’ पनि आग्रह गरेका छन् ।

दीपकले आफूहरुलाई प्रहार गर्नेमध्ये ७५ प्रतिशत फेक आइडी रहेको समेत बताएका छन् । प्रश्न गर्दै उनले भनेका छन्–‘के तपाइले आफ्नो दिदी बहिनीको बिषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ ।

तपाइको दिदी बहिनी पनि कुनै केटा साथीसँग काम गर्नुहुन्छ, के उहाँलाई पनि तपाई दिपाश्रीलाई प्रयोग गरे जस्तै शब्द प्रयोग गर्नुहुन्छ त ?’

दिपकले फरक मत राख्न नदिएर हामी कस्तो समाजको निर्माण गरिरहेका छौ भनेर प्रश्न गरेका छन् ।

जीवनभर राजेश हमाललाई गा’ली गर्नेहरु पनि अहिले आएर राजेश हमालको पक्षमा देखिएको भन्दै उनले यो आफूहरुमाथिको प्र’हार भएको बताएका छन् । उनले यस्ता मानिसहरुलाई ‘अलिकती ला’ज राख्न’ पनि आग्रह गरेका छन् ।

हेरौ भिडीयो:

प्रकाशित मिति २९ असार २०७७, सोमबार ०७:३६