वि.सं.२०७७ साल आषाढ २९ गते । सोमबारको -राशिफल

वि.सं.२०७७ साल आषाढ २९ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– अष्टमी,२८ घडी ५५ पला,साझ ०४ बजेर ५२ मिनेट उप्रान्त नवमी । नक्षत्र–रेवती,१४ घडी २० पला,बिहान ११ बजेर ०२ मिनेट उप्रान्त अश्विनी । योग–सुकर्मा,४५ घडी ०४ पला,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त धृति । करण– कौलव,साझ ०४ बजेर ५२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– मातंग योग । चन्द्रराशि–मीन,बिहान ११ बजेर ०२ मिनेट उप्रान्त मेष ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवार तथा आफन्तजन सँग सँगै रहेर दिन कटाउँन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ।

खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सरकारी तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेकोछ भने व्यापार व्यावसायमा सामान्य आम्दानी हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । लगनशिल तथा ईमान्दारीताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गा’ठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरि आगामी दिनमा लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा सं’कटको सामना गर्नुपदा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट सामान्य आम्दानी हुनेछ । प्रविधिको प्रयोग गरि अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । कृषि क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा स’त्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नयाँपनको बिकास हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ ।

अन्त्यमा राशिफलमा जे जस्तो लेखिएता पनी भनिएता पनी हामी भाग्यमा भन्दा धैरे कर्ममा विश्वास गर्न जानियो भने पक्कै पनी त्यसको फल अवस्य शुभ फलदायी नै हुन्छ भन्दै हजुरहरुको आजको दिन शुभ /मंगल रहोस। भवतु सब्ब मंगलम !

प्रकाशित मिति २९ असार २०७७, सोमबार ०१:०६