सुनसरीमा हायस र बस दुर्घटना हुँदा तीनको मृ’त्यु

१९ माघ २०७६
इटहरी : हायस र नाइट बस एकआपसमा ठो’क्किदा तीन जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा आइतबार बिहान दु’र्घटना भएको हो। दु’र्घटनामा चार जना घा’इते भएका छन्।

घा’इतेको संख्या अझै बढ्न सक्ने पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा जु’धेका हुन्

घा’इतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ। मृ’तकको सनाखत भएको छैन। विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०३:२५