बलिउड कलाकार अनुपमकी आमासहित परिवारका चार जना कोरोना सं’क्रमित

नयाँदिल्ली : बलिउड कलाकार अनुपम खेरकी आमा सहित परिवारका चार जनालाई कोरोना भाइ’रस सं’क्रमण देखिएको छ ।

अनुपमकी आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना सं’क्रमण भएको हो । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड-१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले परिवारका चार जनालाई कोभिड-१९ पोजिटिभ रि’पोर्ट आएको जानकारी दिएका हुन् ।

अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना सं’क्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।’

भारतमा पछिल्लो समय कोरोना भा’इरसको सं’क्रमण तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनेर चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि सं’क्रमण भएको छ ।

अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले परिवारका चार जनालाई कोभिड-१९ पोजिटिभ रि’पोर्ट आएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति २८ असार २०७७, आईतवार १३:१४