अन्ततः ट्रम्पले पनि लगाए मास्क, भन्छन:मास्क लगाएर हा’नी चाही हुदैन

२८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले को’रोना भा’इरस म’हामा’री सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलो पटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सै’न्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् ।

जनस्वास्थ्य विज्ञहरुले को’रोना सं’क्रमणबाट जो’गिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पा’लना गरेका थिएनन् । उनले आफ्नो प्र’तिद्व’न्द्वी डेमोक्रेटिक नेता जो विडेनले मु’खौटो लगाएर हिँडेको भनेर म’जाकसमेत उ’डाएका थिए ।

तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘म कहिले पनि मास्कको वि’पक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’

शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘म कहिले पनि मास्कको वि’पक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।

’यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क लगाउँदै नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । अस्पतालमा उनले सैनिकहरुसँग भेटघाट गरेका थिए ।

अहिले अमेरिका कोरोना महामा’रीबाट सबैभन्दा बढी प्र’भावित देश बनेको छ । यसो हुनुमा म’हामारी नि’यन्त्रणमा ट्रम्पको बेवा’स्तालाई पनि कारण मानिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १ करोड २६ लाख ७९ हजारभन्दा धेरै को’रोना सं’क्रमित फेला परेका छन् । को’रोना सं’क्रमणबाटै ५ लाख ६४ हजार ३ सय ९४ जनाको मृ’त्यु भएको छ ।

प्रकाशित मिति २८ असार २०७७, आईतवार ०१:३७