बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्ननलाई को’रोना पुष्टि

बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई को’रोना पोजिटिभ देखिएको छ । को’रोना सं’क्रमित भएपछि उनी अस्पताल भर्ना भएका छ । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।

७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले को’रोना प’रिक्षण गर्न आग्रह पनि गरेका छन् ।

को’रोना प’रिक्षणका क्रममा पोजिटिभ रि’पोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘मलाई को’रोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि को’रोना प’रिक्षण भएको छ तर रि’पोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो स’म्पर्कमा आउने सबैलाई म को’रोना प’रिक्षणका लागि अनुरोध गर्दछु ।’

त्यस्तै उनका छाेरा तथा अभिनेता अभिषेक बच्चनमा पनि काेराे’ना भा’इरस पुष्टि भएकाे छ ।

शनिबार साँझ काे’राेना प’रीक्षण गर्दा अमिताभलाई काे’राेना देखिएपछि अभिषेककाे पनि काे’राेना प’रीक्षण गर्दा उनमा काे’राेना पाेजिटिभ देखिएकाे हाे ।

अभिषेकले ट्वीट मार्फत आफूलाई काे’राेना देखिएपछि अस्पताल भर्ना भएकाे लेखेका छन् ।

अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा को’रोना सं’क्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् । आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको प’रीक्षण भइरहेको पनि उनले बताएका छन् । उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआ’त्तिन अपि’ल पनि गरेका छन् ।

प्रकाशित मिति २७ असार २०७७, शनिबार २२:३६