आ’त्महत्याको भिडियो सेयर गर्नेलाई का’रबाही गरिने

फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा आ’त्महत्या गरिएको भिडियो सेयर गर्नेलाई प्रहरीले का’रबाही गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार विज्ञप्ति जारी त्यस्तो कार्य गर्नेलाई द’ण्डित गरिने जनाएको हो ।

फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा आ’त्महत्याका भिडियोहरू अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रो’क लगाउन लागेको हो ।

सामाजिक सञ्जालमा लाईभ भिडियो सेयर गर्दै गरेको थाहा पाए तत्काल प्रहरीलाई खबर गर्न र व्यक्तिको उद्धारमा ख’टिन प्रहरीले आग्रह गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ- ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारवि’रुद्ध हुने, समाजमा घृ’णा वा द्वे’ष फैलाउने, साथै विभिन्न किसिमका मा’नसिक पी’डामा रहेका व्यक्तिहरुलाई आ’त्महत्या गर्नका लागि दु’रुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम द’ण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’

साथै आ’त्महत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा लाईभ भिडियो सेयर गर्दै गरेको थाहा पाए तत्काल प्रहरीलाई खबर गर्न र व्यक्तिको उ’द्धारमा ख’टिन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति २७ असार २०७७, शनिबार ०३:००