अचम्म ! जहाँ दुई वटा बिहे नगरे हुन्छ का’रबाही

नेपालमा एकभन्दा बढीसँग विवाह गरे बहु विवाहको मु’द्दा लाग्छ । यदि कसैले दुई वा दुईभन्दा बढी विवाह गरेको खण्डमा उसलाई पाँच वर्ष जेल र ५० हजारसम्मको ज’रिवाना हुनसक्ने मुलुकी फौजदारी संहितामा उल्लेख छ । तर यो नियम नेपालका लागि हो ।

देश अनुसार आ–आफ्नै कानून हुन्छन् । एउटा यस्तो पनि मुलुक छ जहाँ दुई वटा विवाह नगरे उल्टै कारबाहीको भागेदार बन्नुपर्छ । अफ्रिकी मुलुक इरिट्रीयामा यस्तो अनौठो नियम बनाइएको छ ।

यो मुलुकको नियम नेपालको भन्दा ठिक विपरित छ । हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्दछ । जहाँ पहिलो बिहेपछि अर्को बिहे नगर्दा उसलाई कानून लाग्छ । दोस्रो बिहे गरेन भने उसलाई उमेर कै’द पनि हुन सक्ने व्यवस्था छ ।

यस्तो नियम बनाइनुको कारण पुरुषको तुलनामा महिलाको संख्या निकै बढी भएर हो । महिलाको सुरक्षाका लागि पनि यस्तो नियम बनाइएको बताइन्छ । त्यसैले हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्छ । यदि महिलाले विवाह गर्न नमानेमा उसलाई पनि उमेर कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति २६ असार २०७७, शुक्रबार १३:४१