मण्डपबाट बेहुलासहित ५ प’क्राउ

धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गो’प्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गो’प्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो।

तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको ठाउँमा अकस्मात प्रहरी पुगेको हो।

गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष अर्याल बेहुला बनेर मण्डपमा बसिरहेका थिए। अर्याल गोरखाबाट विवाह गर्नका लागि बुबासहित केही जन्ति लिएर गएका थिए।
मण्डपमा १४ वर्षीया बालिका बेहुली थिइन्। मण्डपमा बेहुलाले बालिकाको सिउँदोमा सिन्दुर समेत हालिसकेका थिए।

यही अवस्थामा प्रहरीले बेहुला अर्याल सहित ५ जनालाई प’क्राउ गरेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए। प’क्राउ पर्नेमा बेहुला, बेहुलाका बुबा, बालिकाका बुबा–आमा र पूजारी छन्।
जिल्ला अदालतबाट बिहीबार म्याद थपेर अ’नुसन्धान अघि बढाएको डिएसपी तिमिल्सिनाले बताए।

यस्तो क’सुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरि’वाना हुने उल्लेख छ।

प्रारम्भिक अ’नुसन्धानमा उनीहरुले सहमतिमै विवाह गर्न लागेको बताएका छन्। बालविवाह ज’घन्य अ’पराध भएकाले सोही अनुसार का’रबाही अघि बढ्ने प्रहरीले बताएको छ।

अनु’सन्धान पश्चात मुलुकी अ’पराध संहिता २०७४ को विवाह सम्बन्धी कसुरको दफा १७३ अनुसार मु’द्दा चलाउने तयारी गरेको डिएसपी तिमिल्सनाले बताए।

मुलुकी अ’पराध संहिताको दफा १७३ मा बालविवाह स्वतः रद्द हुने र यस्तो क’सुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरि’वाना हुने उल्लेख छ।

प्रकाशित मिति २५ असार २०७७, बिहीबार १३:१९