कस्तो कान हुने व्यक्तिको भाग्य कस्तो ? यसरी थाहा पाउनुहोस्

एजेन्सी । समुद्र शास्त्रका अनुसार कुनै व्यक्तिको शरीरका विभिन्न अं’ग हेरेर उसको स्वभाव तथा व्यक्तित्वका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। कान मानिसको चौँथो ज्ञानेइन्द्रीय हो।

यसको एक हिस्सा शरीरको बाहिरी देखिने गर्दछ। समुद्र शास्त्रमा कानको वनावट हेरेर पनि व्यक्तिको भविष्यवाणी गर्न सकिन्छ। आज हामी तपाईलाई कानबाट व्यक्तित्व तथा स्वभावका बारे कसरी पत्ता लगाउने भन्ने बारेमा जानकारी गराउँदै छौँ।

यसरी थाहा पाउनुहोस् कानबाट व्यक्तिको स्वभाव

सामान्य भन्दा अत्याधिक छोटा

यदी कुनै व्यक्तिको काम सामान्य भन्दा अत्याधिक छोटा हुने गर्दछन् भने यस्ता व्यक्तिको स्वभाव चन्चल हुने गर्दछ। यी व्यक्तिले भगवानमा निकै विश्वास गर्ने गर्दछन्। कहिलै काही यस्ता व्यक्ति लोभी पनि हुने गर्दछन्। अरुलाई धो’का दिन पनि पछि नहट्ने खालको यी व्यक्तिको स्वभाव हुने गर्दछ।

बीचमा दबिएका कान

जुन व्यक्तिको काम बीचमा द’बिएको हुन्छ, त्यस्ता व्यक्तिको स्वभाव अपराधि प्रवृत्तिको हुने गर्दछ।

छोटो कान

जुन व्यक्तिको कान सामान्यतया छोटो हुने गर्दछ, त्यस्ता व्यक्ति निकै बलवान हुने गर्दछन्। यस्ता व्यक्ति विश्वसनिय, कलामा रुची राख्ने खाले हुन्छन्। यस्ता व्यक्तिले अरुलाई कुनै चिज दिन इनकार गर्दैनन्।

ठूला कान

यदी कुनै व्यक्तिको सामान्यतया ठूला कान छन् भने, त्यस्ता व्यक्ति विचारशील, कर्मठ, व्यवहारिक तथा समयसँग चल्ने खालका हुन्छन्।

चौडा कान

समुद्र शास्त्रका अनुसार यदी कुनै व्यक्तिको कानको चौडाई सामान्यभन्दा अधिक हुने गर्दछ भने त्यस्ता व्यक्तिलाई सबै किसिमका सुख प्राप्त हुने गर्दछन्।

प्रकाशित मिति २४ असार २०७७, बुधबार ०९:३२