मृ’त्युको १० महिनापछि जव बाबुको यस्तो पत्र भेटियो, थामिएन छोरीको आँशु !

लेख्नेहरुले प्रेमको परिभाषा फरक–फरक लेखेका छन्,तर समय–समयमा यस्ता उदाहरण भेटिन्छन् जसले प्रेमको गहिराई र पवित्रतालाई अलग तरिकाले बयान गर्छन् ।

समाचार अनुसार प्रेमको यस्तै एक उदाहरण फिलिपिन्सको मनिलामा भेटियो । यहाँ, एक महिलाले आफ्नो पिताको मृ’त्युको १० महिनापछि एक इमेल भेटिन् । यो कुनै सामान्य इमेल थिएन, यसमा बाबु–आमाको २५ औं वैवाहिक वर्षगाँठ मनाउने योजना समावेश थियो ।

मनिलाकी एलिसा मेन्डोजाका बाबुको मृ’त्यु १० महिनाअघि भएको थियो । जब उनले भर्खरै मृ’तक बाबुको एक इमेल फेला पारिन्, तब भा’वूक भइन् । यसमा २५ औं वैवाहिक वर्षगाठँको खुसी कसरी मनाउने भनेर विस्तृतमा लेखिएको थियो । एलिसाका बाबुले वैवाहिक वर्षगाठँको केही दिनअघि मात्रै छोरीसमक्ष पत्र पुग्नेगरी इमेलको सेटिङ गरेका थिए । अनि, यहाँ लेखिएको योजना पढेपछि आफ्ना बाबुलाई सम्झिएर एलिसाले आँशु थाम्न सकिनन् ।

एलिसाकी आमाको रोजाईको रेस्टुरेन्टमा २५ औं वैवाहिक वर्षगाँठका लागि उनले टेबुल पनि बुक गरिसकेका रहेछन् /

एलिसाका अनुसार उनका पिताले हरेक वर्ष पत्नीको जन्मदिन १९ अगस्ट, भ्यालेन्टाइन डे र वैवाहिक वर्षगाँठ १० जुनका अवसरमा फूल पठाउने व्यवस्था व्यवस्था मिलाएका रहेछन् । उनले एक फूल बिक्रेतालाई केही वर्षसम्मका लागि एडभान्स पेमेन्ट दिइसकेका रहेछन्, ताकि आफ्नो मृ’त्युपछि पनि श्रीमती समक्ष मनपर्ने फूलहरुको गुच्छा पुगोस् ।

त्यस्तै, एलिसाकी आमाको रोजाईको रेस्टुरेन्टमा २५ औं वैवाहिक वर्षगाँठका लागि उनले टेबुल पनि बुक गरिसकेका रहेछन् । र, यस कुराका पनि ध्यान राखिएको थियो कि यदी कुनै तरिकाले बाहिर जान मन लागेन भने पत्नीलाई मनपर्ने खाना बाहिरबाटै मगाउन सकियोस् । उनले एलिसाकी आमालाई एक चिट्ठी पनि लेखेका रहेछन्, जसमा उनले आफ्नो प्रेम बयान गरेका छन्

आफ्ना बाबुको यस मेहिनतलाई एलिसाले खेर जान दिइनन् । उनले वैवाहिक वर्षगाठका दिन अर्थात् १० जूनमा आफ्नी आमालाई पिताको निर्देशन बमोजिम उनको मनपर्ने रेस्टुरेन्टमा लगिन् । उनले ती सबै काम गरिन्, जसको योजना बाबुले बनाएका थिए । अहिले यो पोस्ट फेसबुकमा भा’इरल भइरहेको छ ।

प्रकाशित मिति २३ असार २०७७, मंगलवार १२:२७