सामाजिक सञ्जालमा सस्तोमा सामानको अफर गर्दैछन् ? सतर्क रहनुहोला

काठमाडौं,  । सामाजिक सञ्जालमार्फत सस्तोमा सामाग्री बिक्री गर्ने भन्दै ठ’गी गर्ने गि’रोह सकृय भएपछि महानगरीय अ’पराध महाशाखाले सत’र्क रहन आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गि’रोह सक्रिय हुन थालेपछि महाशाखाले प्र’लोभनमा नपर्न अनुरोध गरेको हो ।

महाशाखाका अनुसार यसरी लो’भमा फँ’स्दा जग्गाजमीन समेत धितो राखेर प्र’लोभनमा परी पैसा दिएको पाइएको छ ।

महाशाखाले सूचना जारी गरी यस्ता गि’रोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठ’गी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

प्रहरीले केही व्यक्तिलाई प’क्राउ गरी अ’नुसन्धान थालेको छ । महाशाखाका अनुसार यसरी लो’भमा फँ’स्दा जग्गाजमीन समेत धितो राखेर प्र’लोभनमा परी पैसा दिएको पाइएको छ । रासस

प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०४:५९