यस्तो बन्यो सुशान्तको अन्तिम फिल्म ‘दिल बे’चारा’ को ट्रेलर (भिडियो)

काठमाडौं – सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बे’चारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ ।

फिल्मको ट्रेलर रिलिज भएको ४५ मिनेटमै १ लाखभन्दा बढीले हेरेका छन् भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका निभएका छन् । फिल्ममा मुकेश चब्राको निर्देशन छ भने एआर रहमानको संगीत छ ।

सुशान्त सिंह राजपूतको अन्तिम फिल्म भएका कारण पनि यो फिल्म प्रतीक्षित बनेको छ । फिल्म डिज्ने ह’टस्टारमा नि:शुल्क हेर्न पाइनेछ ।

हलिउडमा निर्माण भएको फिल्म ‘द फल्ट इन आवर स्टार्स’ लाई उत्कृष्ट प्रेमकथामा आधारित फिल्ममध्ये एक मानिन्छ । जोन ग्रीनको उपन्यास पनि उत्तिकै लोकप्रिय छ ।सुशान्त सिंह राजपूतको अन्तिम फिल्म भएका कारण पनि यो फिल्म प्रतीक्षित बनेको छ । फिल्म डिज्ने ह’टस्टारमा नि:शुल्क हेर्न पाइनेछ ।

प्रकाशित मिति २२ असार २०७७, सोमबार १२:२४