थप १८० जनामा कोरोना पुष्टि : सं’क्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं : अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा नेपालमा कोरोना भा’इरस (कोभिड-१९) संक्र’मितको संख्या १५ हजार ९६४ पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै सं’क्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्र’मण देखिएको थियो।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ

प्रकाशित मिति २२ असार २०७७, सोमबार ११:०५