रोकियो ठ’ग ‘महाराज’को महायज्ञ

रोकियो ठग ‘महाराज’को महायज्ञ

नारायणी नदी किनारमा शुरू गरिएको एक महिना लामो महायज्ञ संचालनको एक सातामै अ’न्त्य गरिएको छ ।

महायज्ञको मूल वाचकका रुपमा रहेका बाल योगेश्वर महाराज बताउने विजय भण्डारीको ठ’गीले भरिएको विगतबारे श्रृंखलाबद्ध समाचार प्रकाशित भएपछि आयोजकले यज्ञ नै अन्त्य गरेको हो।
एक समय आफूलाई विष्णु प्रपन्नाचार्य बताउने विजय आर्थिक ठ’गीको आरोपमा २०७१ पछि १८ महिना र २०७६ मा १९ दिन जेल बसेका थिए। जेलबाट निस्केपछि नाम बदलेर बाल योगेश्वर बनाएका उनीमाथि केही ठगी मु’द्दा अ’दालतमा विचाराधिन छ।

महायज्ञको उद्घाटन गर्न भन्दै गत शनिबार चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनः मुख्य वाचकको विवादित पृष्ठभूमी थाह पाएपछि फिर्ता भएका थिए। कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०७:२९