सलमान खानले विहे नगर्नुको कारण यस्तो रै’छ

बलिउड सुपरस्टार सलमान खान फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् ।
उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आ’लटाल गरे उम्किन्छन् ।

तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । उनले विवाहप्रति विश्वास नभएको बताउँदै भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ । अब यो विस्तारै विस्तारै गायब हुनसक्छ । तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दु’खसुखमा साथ दिन्छन् ।’

उनले छोराछोरीको विषयमा कुरा गर्दै भने, ‘जब हुने हो हुन्छ ।’

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०६:५६