मालामाल प्रियंका चोपडा, इस्टाग्रामको एउटै पोष्टबाट कमाउँछिन् २ करोड

एजेन्सी । भारतीय क्रिकेटका कप्तान विराट कोहलीसँग कति सम्पत्ती होला रु क्रिकेट र बिज्ञापनबाट नै मनग्य कमाएका चर्चित नायिका अनुष्का शर्माका पति विराटको कमाईको अर्को महत्वपूर्ण पाटो हो इन्स्टाग्राम ।

इन्स्टाग्राममा विराटले एउटा पोष्ट गरेबापत नै २ लाख ९६ हजार डलर अर्थात २ करोड भन्दा बढी भारतीय रुपैयाँ कमाउछन् । सोसल मिडिया कंम्पनी ‘हाँपर एचक्यू डटकम’ले हालै जारी गरेको इन्स्टाग्राम रिच लिस्ट २०२० मा विश्वका १०० जना सेलीब्रेटी परेका छन ।

जसमध्ये भारतबाछ विराट र अर्की चर्चित नायिका प्रियंका चोपडा पनि परेकी छिन् । ५४ मिलियल फलोअर्सकी धनी प्रियंकाले एक इन्स्टाग्राम पोष्ट बाट २ लाख ८९ हजार डलर अर्थात २ करोड भारतीय रुपैयाँ कमाउँछिन् ।

विराट कोहली लिस्टको २६औं र प्रियंका चोपडा लिस्टको २८औं नम्बरमा रहेका छन् । यो लिस्टको पहिलो नम्बरमा भने ड्वैन जोनसोन रहेका छन् । उनले एक पोष्ट बराबर दश लाख पन्ध्र हजार डलर कमाउँछन् ।

प्रकाशित मिति २१ असार २०७७, आईतवार १४:३८