मोबाइल चो’री गरी भागेका युवक यसरी समातिए

पोखरा, २० असार । गएराति साढे १० बजेको समय । पोखरा वडा ७ स्थित एक पसलमा युवक छिरे । ‘साहूजी चाउचाउ र चुरोट दिनोस् त’ भन्दै छिरेका उनी एक्कासी मोवाइल चो’री गरी भागे।

पसल संचालक राजन श्रेष्ठ पनि उनको पछिपछि लागे । अल्लि पर पुगेपछि ती युवकलाई पसल संचालक राजनले भेटाए पनि । तर ती युवकले लगाएको सर्टमात्र हात पर्यो । ती युवक फेरि भाग्न सफल भए।

शनिबार बिहान  आफ्ना साथिहरुसहित मर्निङवाक निस्किए । त्यसबेला मोवाइल चो’रेका युवक फेरि देखिए ।

राजनले प्रहरीलाई खबर गरी त्यो रात सुते । शनिबार बिहान राजन आफ्ना साथिहरुसहित मर्निङवाक निस्किए । त्यसबेला मोवाइल चो’रेका युवक फेरि देखिए । आफूहरुलाई देखेपछि पुनः भाग्ने प्रयास गरे पनि अन्ततः उनी प्रहरीको सहयोगमा प’क्राउ परे।

पसल संचालक राजन अनुसार ती युवकले आफ्नो पसलबाट भीभो डब्लु–५ मोवाइल चोरी गरेका हुन् । प्रहरीले आवश्यक अ’नुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति २० असार २०७७, शनिबार ०६:२९