सामाजिक सञ्जालमा विज्ञापन गरेमा मुद्रा अ’पचलनको मु’द्दा

 

२०७६ माघ १८ गते
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा क’डाइ गरेको छ
फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो ।

अब सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मु’द्दा लाग्ने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले गैर का’नूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अ’वैधानिक च्यानलबाट विदेश भएको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए

‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ त्यो गैर कानूनी हो’ मिश्रले भने, ‘यसरी भुक्तानी गरे विदेशी विनिमय -नियत गर्ने) ऐन अनुसार का’रबाही हुने जानकारी दिए ।

पछिल्लो समयमाम सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ । २ वर्षअघि भएको तीनै तहका निर्वाचनमा नेताहरुले विज्ञापनका लागि सामाजिक सञ्जालमा राम्रै खर्च गरेका थिए । फेसबुक पेज बनाउने र फेसबुकलाई पैसा तिरेर प्रचार गर्ने लहरै चलेको थियो ।

त्यसबेला करिब २० करोड रुपैयाँ सामाजिक सञ्जालको विज्ञापनमा खर्च गरिएको अनुमान गरिएको थियो । कतिपय नेताहरुले अहिले पनि आफ्ना विभिन्न गतिविधिहरु ‘स्पोन्सर्ड’ गरेर फेसवुकमा विज्ञापन गरिरहेका छन्

नेतामात्रै होइन, पछिल्लो समय सञ्चारमाध्यम, उद्योगी, व्यवसायीहरु समेत सामाजिक सञ्जालमार्फत आफ्नो उत्पादनको विज्ञापन गर्ने गरेका छन् । सामाजिक सञ्जालमा धेरैको पहुँच हुने कारणले पनि सामाजिक सञ्जालमा विज्ञापन गर्नेको संख्या बढ्दो मात्रा छ ।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०३:३२