मलाई आफ्नै बिहे हेर्न मन लागेको छ, चाँडै कार्ड छापिन्छ : रेखा थापा…..(हेर्नुहोस् पुरा बिवरण)

काठमाडौं । यति बेला नेपाली कलाकारहरुको विहेको मौसम चलिरहेको छ । ऋचा शर्मा, प्रियंका कार्की लगायतले हालै विवाह गरेका छन् । यो सँगै अन्य नायिकाहरुतर्फ पजि प्रश्न सोझिएको छ । नायिका रेखा थापालाई पनि बिहेको बिषयमा द’बाब आइरहेको छ ।


तर, नायिका थापाले भने बिहेको बिषयमा सोचेकी छैनन् । नायिका थापाले आफूलाई अब आफ्नै बिहे हेर्न मन लागेको उल्लेख गरेकी छिन् । जब उनलाई तपाई कसको बिहेका लागि उत्साहित हुनुहुन्छ भनेर राखेको जिज्ञासामा उनले मलाई त आफ्नै बिहे हेर्न मन छ ।

मेरो बिहेको कार्ड चाडै नै छापिन्छ ।भनेर जवाफ फर्काएकी हुन् । उनले बिबाह भन्ने कुरा लेखान्त भएको पनि खुलाइन् । आफुले चाहेर वा कुनै व्यक्तिले चाहेर बिहे नहुने उनको तर्क रहेको छ ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फि’गरलाई लिएर चर्को आ’लोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आ’लोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।


उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले ला’परवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०७:०१