मायाकी खानी आमा सम्बन्धी प्रेरक भनाईहरु

आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्व-र्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा केहि मिठा भनाईहरु जानौ :

१. जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।
२. म र्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा ।
३. आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ ।

४. आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन
५. आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।

६. म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युझिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु ।
७. माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।

८. तपाईलाई थाहा छ कि प्रेम अन्धो किन हुन्छ किनकि तपाईको आमाले तपाईलाई देख्नु भन्दा पहिल्यै प्रेम गर्न सुरु गरेकी थिइन् ।
९. हजारौ दियो चाहिन्छ एउटा आरती सजाउनको लागी, हजारौ खरबौ थोपा चाहिन्छ एउटा समुन्द्र बन्नको लागी तर एउटी आमा मात्र काफी छिन् हाम्रो जीवनमा माया भर्नाको लागी ।

१०. हरेक सम्बन्ध बनावटी देखे, स्वार्थ, रि’स-राग, ब’दला र धो’काधडी देखे तर बर्षौ देखि हेरिरहेको छु मेरी आमालाई, नत मायामा बनावटी पाए न त्यस मायामा कुनै कमी पाए ।
११. तिम्रो लागी यो दुनिया त छोडी दिउला तर उसलाई के जवाफ दिउ जो हरेक दिन ढोकामा उभिएर भन्छिन्, “छोरा घर छिटै आइज है” भनेर ।


१२. आज रातभर आमा सुत्नुभएको छैन बस मैले यति भनेको थिए कि आमा मलाई डर लागेको छ ।
१३. मैले आमाको काधमा शिर राखेर सोधे, आमा मलाई कहिलेसम्म यसैगरी आफ्नो काधमा सुत्न दिनुहुन्छ ? तब आमाले भन्नुभयो, छोरा जबसम्म तैले मलाई आफ्नो काधमा उठाउदैनस तबसम्म ।

१४. आमाले सबैको ठाउ लिन सक्छीन तर एउटी आमाको ठाउ कसैले लिन सक्दैन ।
आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् ।
सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् ।

१ मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज
२ जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन
३ जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर

४ मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट
५ रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट


६ आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन
७ मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो

आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्व-र्गीय आनन्द खोजेर पनि कतै भेटिन्न ।

प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०५:२१