शिक्षण अस्पतालमा कोरोनाका कारण ४५ दिनका शिशुको मृ’त्यु

काठमाडौ, १८ । कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना को’रोना सं’क्रमित शिशुको नि’धन भएसंगै को’रोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको हो ।

टिचिङ अस्पतालका को’रोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको नि’धन भएको जानकारी दिए । शिशुलाई मंगलवार को’रोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार साँझ नि’धन भएको हो ।

शिशुलाई उपचारका लागि ३ साता अघि अस्पताल लगिएको थियो । जन्मेको ४५ दिनमा मंगलबार को’रोना परीक्षणको रि’पोर्ट पोजेटिभ आएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका शिशुलाई को’रोना पुष्टि भएको थियो ।म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि श’ल्यक्रिया गर्नुअघि को’रोना परीक्षण गर्दा मंगलबार रि’पोर्ट पोजेटिभ आएको थियो ।

शिशुको हिजो बेलुका नि’धन भएपछि श’व व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए । ताजा खबर

प्रकाशित मिति १८ असार २०७७, बिहीबार ०९:२५