चट्याङ बाट बारामा ४ जना महिलाको मृत्यु, पाँच घाइते

बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ भने रौतहटको एक घरमा लाखौँको क्ष’ती भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा गरी ४ जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।

त्यसैगरी फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घ’टानस्थलमै मृत्यु भएको छ।

चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ ।

प्रकाशित मिति १८ असार २०७७, बिहीबार ०४:०२