आज ४८२ जनामा सं’क्रमण पुष्टी हुँदा, आजै १४ सय ७१ जनाले जिते कोरोना

आज
, १७ असार । पछिल्लो २४ घण्टायता नेपालमा थप १४ सय ७१ जना कोरोना भा’इरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १४ सय ७१ जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज अहिलेसम्मकै धरैले काेराेना जितेकाे भए पनि पूर्ण विवरण आइनसकेकाे जानकारी दिए ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

यसैगरी ११७ महिला र ३६५ पुरुष गरी आज ४८२ जनामा सं’क्रमण पुष्टि भएकाे छ । यससँगै सं’क्रमितकाे संख्या १४ हजार ४६ पुगेकाे छ ।

मृत्यु हुनेकाे संख्या आज एक जना थपिँदै ३० पुगेकाे छ ।

प्रकाशित मिति १७ असार २०७७, बुधबार ११:१७