२ सय रुपैयाँको दही चो’रेको चो’र पत्ता लगाउन ७० हजारको खर्च, गरियो डिएनए परिक्षण

एजेन्सी । २ सय रुपैयाँको दही चो’रेको होकी होइन भनेर थाहा पाउन ७० हजारको डिएनए परिक्षण गरिएको छ । घटना हो ताइवानको । ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चो’र पत्ता लगाउन ७० हजार खर्च गरेको समाचारमा जनाइउको छ ।

छात्राले ताइवान पुलिसलाई आफ्नो फ्रिजबाट हराएको दही कसले चो’रेको हो पत्ता लगाउन बारम्बार आग्रह गरेपछि प्रहरीले फ्रिजबाट औँठाछाप समेत जाँच गरेर चो’रको खाृजी गरिरहेको छ । छात्राले ताइवान पुलिसमा फ्रिजबाट दही चो’री भएको रि’पोर्ट लेखाएपछि पुलिसले दही चो’र पत्ता लगाउन औँठाछापदेखि डिएनए परिक्षण गरेर चो’र पत्ता लगाएपछि अहिले आएर प्रहरी नै वि’बादमा तानिएको बताइएको छ

आश्चर्यको कुरा त के छ भने ताइवान पुलिसले २०० रुपैयाँको दहीको लागि लगभग ७० हजारको परिक्षण खर्च हुन पुग्यो । सानो कुरालाई प्रहरीले मिलाउन नसकेको भन्दै अहिले चो’र पत्ता लागेपनि प्रहरी नै वि’बादमा तानिएको छ ।

प्रकाशित मिति १७ असार २०७७, बुधबार ०७:४७