वि.सं.२०७७ साल भदौ ९ गते । मंगलबारको -राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मायाप्रेम तथा पतिपत्नी बीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजनग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारेर आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्रयोग गरेर निरन्तरता दिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मु’द्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलव्धी मुलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाई तथा छिमेकीबाट तपाईंले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिने हरुका लागी समय घातक रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाइ लेखाइमा प्रविधिको सहयोगले प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरुको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साथीभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाइ लेखाइमा तपाईंको नाम अग्रस्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

विशिष्ट व्याक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । प्रविधिको सहयोगले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय तथा परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ ।

अन्त्यमा राशिफलमा जे जस्तो लेखिएता पनी भनिएता पनी हामी भाग्यमा भन्दा धैरे कर्ममा विश्वास गर्न जानियो भने पक्कै पनीत्यसकोफलअवस्यपनी शुभ फलदायी नै हुन्छ भन्दै हजुरहरुको आजको दिन शुभ /मंगल रहोस। भवतु सब्ब मंगलम !

प्रकाशित मिति १७ असार २०७७, बुधबार ०१:२८