एउटासँग बिहे पक्का भएपछि छोरी अर्कैसँग भागिन्, बाबुले पिडामा गरे देहत्याग

सिराहा । लहान नगरपालिका-२४ निवासी श्यामलाल रामको घरमा असार १२ गते शुक्रबार छोरीको विवाहको निधो भएको थियो । सन्तानका रुपमा दुई छोरी मात्र रहेको अवस्थामा जेठी छोरीको बिहे निधो भएकाले बुवा श्यामलालले नातेदार, इष्टमित्र सबैलाई निम्तो गरिसकेका थिए ।

दुलाहा पक्षलाई दाइजोसमेत बुझाइसकेका थिए भने आवश्यक सरजामको जोहो पनि भइसकेको थियो । तर श्यामलालको परिवारमा एकाएक ब’ज्रपात भयो ।

विवाहका लागि तयार गरेको केटासँग विहे गर्नु अगाबै छोरी मन पराएको अर्कै केटासँग भागेपछि सामाजिक पञ्चातीले बाबुलाई तोकेको द’ण्ड ज’रिवाना राप र ताप सहन नसकि विवाहको अघिल्लो दिन नै बिहीबार श्यामलालले झु ण्डिएर देहत्याग गरे। उनको घरमा रहेको विवाहको उल्लासको माहौल एकै निमेषमा स्तब्धमा परिणत भयो।

वृद्द बाबुआमा, श्रीमती र दुई छोरीलाई छाडेर वैदेशिक रोजगारीमा साउदी गएका उनी माघ अन्तिम साता घर फर्किएका थिए।

दलित समूदायमा सानै उमेरमा छोराछोरीको विवाह गर्ने परम्परा अझै रहेको र १९ वर्ष पुगेकी जेठी छोरीको विवाह गरिदिने योजनाका साथ पारिवारिक सरसल्लाह पछि केटो खोज्ने क्रममा सप्तरीको सुरुंगा नगरपालिका-४ का महेश रामसँग विवाहको टुंगो भएको थियो ।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार ०५:४९