श्रीमतीको कु’टाईबाट श्रीमानको ज्या’न गयो

पोखरा । बागलुङमा श्रीमतीको कु’टाइले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हा’लहाल हुँदा रविलालको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीकाअनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा वि’वाद हुँदा स्थिति हात हा’लाहालसम्म पुगेको थियो । हात हा’लाहाल हुने क्रममा श्रीमान रविलाल विक भित्ताको ढुंगामा ठो’क्किन पुगेका थिए ।

श्रीमतीको धक्का खाएर ढुंगामा ठो’क्किएका रविलालको घ’टनास्थलमै मृ’त्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ११:३८