छोराले मात्रै गर्नुपर्ने मान्यतालाइ तोड्दै, आमाको किरिया आफै गर्दै छिन यी १६ बर्षिय किशोरी !

लेटाङ / मोरङको लेटाङ नगरपालिका २ धोवीकी १६ वर्षिय एक किशोरीले छोराले मात्र आमाबाबुको का’जकिरिया गर्छन भन्ने मान्यतालाई तोडदै ७ दिन अघिदेखि आफनो आमाको का’जकिरिया गरिरहेकी छिन ।

१६ वर्षिय रोजिना मल्ल ठकुरीले आफनो आमा मुगाकुमारी मल्लको नि’धन पश्चात का’जकिरिया गर्दै आएकी हुन् । आफू एक्लो सन्तान भएको र छोरा नभए पनि केही फरक नपर्ने भन्दै सेतो वस्त्र लगाएर छोरा सरह कोरामा बस्दै आएकी हुन् शो’काकूल मल्ल परिवारले जनाएको छ ।

आफू एक्लो सन्तान भएको र छोरा नभए पनि केही फरक नपर्ने भन्दै सेतो वस्त्र लगाएर छोरा सरह कोरामा बस्दै आएकी हुन् ।

२०७७ असार ३ गते आमाको नि’धन पछि कोरामा को बस्ने भनेर धेरै सल्लाह भयो । छोरा नभएका कारण वृद्धावस्थाका रोगी बाबुले नै गर्नुपर्छ भनेर धेरैले द’बाब दिदै गर्दा आमाको का’जकिरिया ससुरा बुबालाई गर्न लगाउनु भन्दा आफू नै बस्न उचित ठानेर छोरीले नै कोरामा बस्ने निर्णय गरेपछि उनले का’जकिरिया गर्दै आएकी हुन् ।

प्रकाशित मिति १४ असार २०७७, आईतवार ०९:१६