चो’रको विगविगी ,कुखुरा, बाख्रा,मोटरसाइकल पछि शंख पनी चो’रियो

धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चो’री भएको छ।छाब्दी क्षेत्रमा एकाएक चोरीका घ’टना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ।

सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चो’री भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो।

समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए।
मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चो’री भएको बताइएको छ।

केही दिन यतादेखि छाब्दीमा चो’री घ’टना बढ्दै गएपछि स्थानीयवासीहरु त्रा’सित भएका छन्। कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए।

रातको समयमा मन्दिरमा पसेर चो’री गर्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
(रासस)

प्रकाशित मिति १४ असार २०७७, आईतवार ०२:३०