थप ५ सय ९३ जनामा कोरोना सं’क्रमण, संक्र’मित संख्या ११७५५

काठमाडौं । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना सं’क्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सं’क्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए।

यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृ’तक २७ जनामा कोरोनाभा’इरस देखिएको छ।

रसुवाबाहेकका सबै जिल्लामा कोरोना देखिएको छ।

विगत २४ घण्टामा जनाको ६ हजार ५ सय ३४ पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीकाे पिसिआर परीक्षण भएको छ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

प्रकाशित मिति १२ असार २०७७, शुक्रबार १०:४३