सुसान्तले दे’हत्याग गरेको केही दिन नबित्दै १६ वर्षकी टिकटक स्टार सियाले पनि गरिन् देहत्याग

एजेन्सी – बलिउड चर्चित अभिनेता सुसान्त सिंहले राजपुतले सु’साइड गरेको केही दिन नबित्दै फेरी यस्तै अर्को खबर पनि बाहिर आएको छ । १६ वर्षे सोशल मीडिया स्टार सिया कक्कड़ले पनि दे’हत्याग गरेकी छन् । सोसल मिडियामा पपुलर बनकी सियाले दे’हत्याग गरेपछि उनका फ्यानहरु चिन्तामा परेका छन् ।

यद्यपि उनले दे’हत्याग गर्नुको कारण भने खुलि नसकेको भारतिय मिडियाले जनाएका छन् । मिडियाका अनुसार गए राती एक गीतको विषयमा सियाले आफ्ना म्यानेजर अर्जुन सरीनसँग कुरा गरेकी थिइन् तर अचानक नि’धनको खबर सुनेपछि अर्जुन पनि चिन्तामा रहेका छन् ।अर्जुनले सियाले आफुसँग कुरा गर्दा कुनै चिन्तामा नरहेको समेत बताएका छन् ।

सियाले पछिल्लो समय इंस्टाग्राम स्टोरीमा पंजाबी गीतमा डान्स गरेको भिडियो सेयर गरेकी थिइन् । जुन पोष्ट उनको अन्तिम पोष्ट बनेको छ । सिया टिकटकमा अत्यन्तै चर्चित थिइन् ।

प्रकाशित मिति ११ असार २०७७, बिहीबार १३:२५