यी नेपाली सेलिब्रेटी, जसले बिहे पछि, ‘डि’भोर्स’ गरे

सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्कासँगको प्रेमका कारण चर्चामा थिइन् ।

आँचल शर्मा र पल शाह पनि प्रेम स’म्बन्धमा रहेको खबर आइरहेको थियो पहिले । तर, केही दिन यता यी दुईको ब्रे’कअप भएको गा’इँगुइँ चल्न थालेको छ । यस्ता गसिप त फिल्मी क्षेत्रमा सामान्य भइसकेका छन् । यहाँ भने हामीले प्रेमको हैन, बिहे भएर पनि डि’भोर्स भएका केही सेलिब्रेटीलाई जोड्न खोजेका छौँ ।

शिल्पा पोखरेल:नायिका शिल्पा पोखरेल यतिबेला चर्चामा छिन् । किनभने उनले हालै छविराज ओझासँग डि’भोर्स दिने चर्चा थियो । छविराज ओझासँग त अझै डि’भोर्स भएको छैन तर ओझाका अनुसार शिल्पाको छविसँग बिहे हुनुअघि नै एउटा बिहे भएको थियो । र, डि’भोर्स पनि भएको थियो ।

छविराज ओझा र रेखा थापा: नायिका रेखा थापाले आफ्ना पति छविराज ओझासँग झण्डै १२ वर्ष लामो वैवाहिक स’म्बन्धलाई टु’ङ्ग्याएर डि’भोर्स गरेकी थिइन् । त्यसपछि भने रेखा एक्लै छिन् । कुनै बेला नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखाले छविराज ओझासँग बिहे गरेकी थिइन् । यता छविराज ओझाले भने रेखासँग पा’रपाचुके भएपछि शिल्पा पोखरेलसँग बिहे गरेका थिए । यी दुईले बिहे गरेर पनि लामो समयसम्म बिहेबारे केही कुरा पनि बाहिर चुहाएनन् । अहिले यी दुवै डि’भोर्सको प्रक्रियामा छन् । केही हप्ता अघि मात्र आफू घरेलु हिं’सामा परेको भन्दै शिल्पाले छविवि’रुद्ध प्रहरीमा उ’जुरी दिएकी थिइन् ।

निखिल उप्रेती र सञ्चिता लुइँटेल: अभिनेता निखिल उप्रेतीले पनि दोस्रो बिहे गरेका छन् । उनले नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेका थिए । अहिले निखिल र सञ्चिताले आफ्नो जीवन खुशीसाथ बिताइरहेका छन् ।

रीमा विश्वकर्मा: नायिका रीमा विश्वकर्मा मोडलिङ तथा फिल्मी दुनियाँमा रमाउँदा रमाउँदै अस्ट्रेलियामा बस्दै आएका रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । बिहे भएको केही वर्षमै यी दुईको कानूनी रुपमा डि’भोर्स भयो ।

प्रियंका कार्की: नायिका प्रियंका कार्की सधै चर्चामा रहिरहने अभिनेत्री हुन् । उनले रोचक मैनालीसँग बिहे गरेकी थिइन् । अमेरिकामा पढ्दै गर्दा प्रियंकाले अमेरिकामै इन्जिनियरिङ गर्दै गरेका रोचक मैनालीसँग बिहे गरेकी थिइन् । तर पछि उनको रोचकसँग डि’भोर्स भयो । अहिले उनी आयुष्मान देशराज जोशीसँग प्रेम स’म्बन्धमा छिन् । यी दुईको बिहे हुने चर्चा छ ।

अञ्जु पन्त: गायिका अञ्जु पन्तले गायक तथा संगीतकार मनोजराजसँग बिहे गरेकी थिइन् । तर, उनको बिहेपछिको सम्बन्ध खासै सुमधुर हुन सकेन । यी दुईले झण्डै १० वर्षको आफ्नो स’म्बन्धपछि डि’भोर्स गरे ।

भुवन केसी: अभिनेता भुवन केसी त झन् करिअर नै कन्ट्रोभर्सीका कारणले सकिएको भनेर पनि भन्ने गरिन्छ । भुवन केसीले नायिका सुस्मिता बम्जनसँग बिहे गरेका थिए । तर यी दुईको वैवाहिक सम्बन्ध जीवनभरका लागि हुन सकेन ।

प्रकाशित मिति ११ असार २०७७, बिहीबार ०८:२५