जन्ती बोकेको बसले ठ’क्‍करबाट स्कुटर चालकको मृ’त्यु

१७ माघ २०७६
विराटनगर : जन्ती बोकेको बसले ठ’क्‍कर दिँदा मोरङमा स्कुटर चालकको मृ’त्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ५ दुलारीमा को १ ख ३२०१ नम्बरको बसले को ३९ प ७६०७ नम्बरको स्कुटरलाई ठ’क्‍कर दिँदा बिहीबार साँझ दुर्घटना भएको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले दु’र्घटनामा स्कुटर चालक सुन्दरहरैंचा नगरपालिका १० का ४१ वर्षीय बुद्धिमान तामाङको मृ’त्यु भएको जानकारी दिए ।

दु’र्घटनामा घा’इते भएका उनको उपचारकाका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ ७ :३० बजे मृ’त्यु भएको थापाले बताए । उनकाअनुसार बस सुनसरीको रामधुनी कालाबञ्जारबाट बेहुली लिएर मोरङको केराबारीतर्फ जाँदै थियो । बस र चालक सुन्दरहरैंचा १० का ४२ वर्षीय सुरेन्द्रकुमार प्रधानलाई नि’यन्त्रणमा लिएर घ’टनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०५:५६