जो एक रातमै बने करोडपति

काठमाडौं-तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन्।

बिबिसीका अनुसार कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन्।

तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ।

करोडपति बनेका ५२ वर्षीय लाइजर खानीमा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्छन्।

बिबिसीका अनुसार कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन्।

उनका चारवटी श्रीमती र ३० सन्तान छन्। उनले आफ्नो समुदायका लागि पनि लगानी गर्ने बताएका छन्।
‘म एउटा किनमेल केन्द्र र एउटा विद्यालय निर्माण गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘ म आफ्नो घरनजिकै विद्यालय बनाउन चाहन्छु। यहाँ आफ्ना छोराछोरी विद्यालय पठाउन खर्च गर्न नसक्ने धेरै गरिब मानिसहरू छन्।’


उनको थप भनाइ छ, ‘म शिक्षित छैन तर मलाई व्यावसायिक रूपमा काम गरेको मन पर्छ। त्यसैले म मेरा बालबच्चाले व्यवसाय गरून् भन्ने चाहन्छु।’

उनले नयाँ धनले आफ्नो जीवन परिवर्तन नहुने बताए र आफ्ना २,००० गाईको हेरचाह गरिरहने बताए। र नयाँ धन प्राप्त गरेका कारण थप सर्तकता पनि अपनाउन नपर्ने बताए।

‘यहाँ यथेष्ट सुरक्षा छ। कुनै समस्या हुँदैन। म राति पनि विनासमस्या हिँड्न सक्छु,’ उनले भने।

प्रकाशित मिति ११ असार २०७७, बिहीबार ०६:३२