चटयाङ लागेर चार जनाको मृत्यु

राजविराज : बर्खायाम सुरू भएसँगै नेपालमा प्राकृतिक वि’पत्तिका घ’टनाहरू बढ्ने गरेका छन्। नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्र’कोपहरू आउँछन्, जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ।

सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ। त्यस्तै १ जना ग’म्भीर घा’इते भएका छन्।

बिहीबार बिहान चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका-९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव , महदेवा गाउँपालिका-२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव राजगढ गाउँपालिका १ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

त्यसैगरी राजगढ गाउँपालिकामा १ जना घाइते भएको भारतीले जानकारी दिए।

प्रकाशित मिति ११ असार २०७७, बिहीबार ०४:५०